तनहुँ खबर संवाददाता
भरतपुर कार्तिक २८ - डेङ्गू रोग नियन्यणको लागी जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले चितवनमा संचालन गरेको ४ दिने अभियान आजबाट सकिएको छ ।भरतपुर र रत्ननगर नगरपालिकामा २ – २ दिन अभियान संचालन गरीएको जनस्वास्थ्य कार्यालय भरतपुरले जनाएको छ ।रत्ननगर नगरपालिकामा २५ र२६ गते तथा भरतपुर नगरपालिकामा हिजो र आज अभियान संचालन गरिएको पनि जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केहरसिंह गोदारले जानकारी दिनु भयो ।
अभियानका क्रममा नगरपालिका भित्र रहेका सम्र्पुणको घरदैलोमा पुगि डेङ्गु रोग गराउने लामखुट्टेको लार्भा खोजी नष्ट गरिएको बताईएको छ ।गत वर्ष महामारिकै रुपमा फैलिएको डेङ्गु यस वर्ष भने लगभग पुर्ण रुपमा नियन्त्रणमा आईसकेको जनस्वास्थ्य कार्यालयको दावी समेत छ ।