तनहुँ खबर संवाददाता
तनहुँ कार्तिक २८
व्यास जन्मभूमि दमौलीमा महर्षी वेदव्यासको विश्वकै अग्लो मूर्ति निर्माण गर्ने उद्देश्यले आयोजना गरिन लागिएको महायज्ञ मूल समारोह समितिको बैठक दमौलीमा सम्पन्न भयो । बैठकमा महायज्ञको सम्बन्धमा हालसम्म भएका विभिन्न कामहरुको बारेमा छलफल गरिएको थियो । बैठकमा विभिन्न उपसमितिका संयोजकहरुले आफ्नो समितिले गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।
आगामी मंसिर १३ गते देखी चल्ने महायज्ञबाट आर्थिक संकलन गरी वेदव्यासको १०८ फिटको मूर्ति स्थापना गरिने लक्ष्य लिईएको छ । महायज्ञमा ३ करोड रुपैयाँ दान संकलन गरिने लक्ष्य लिई्रएको छ । महायज्ञको प्रचार प्रसारका सम्पूर्ण सामाग्री तयार भईसकेको जनाईएको छ । हाल दमौलीमा आध्यात्मिक प्रवचन समितिको व्यवस्थापनमा जगद्गुरु कृपालुजी महाराजका प्रचारक श्री स्वामीहरिदास जिको आध्यात्मिक दार्शनिक प्रवचन भईरहेको र सो प्रवचन मंसिर ५ गते सकिए लगत्तै दमौली बजार क्षेत्रमा पोष्टर टाँस्ने र तुल व्यानर टाँग्ने काम सुरु हुने प्रचार प्रसार उपसमितिका संयोजक मदन पण्डितले जानकारी दिए ।