काठमाडौ,
कात्र्तिक २८-राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच आज बिहान भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्रीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १७ औं शिखर सम्मेलनमा भएका निर्णयहरु, सम्मेलनका बेला मालदिभ्समा विभिन्न देशका सरकार प्रमुखहरुसँग भएको भेटघाटका विषयमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो । यसैगरी राष्ट्रपति र प्रधानमन्त्रीबीचको कुराकानीमा सर्वस्वसहित जन्मकैदको सजायँ सुनाइएका सभासद् बालकृष्ण ढुङ्गेललाई आममाफी दिने सरकारको निर्णय र यसपछि उत्पन्न विवादका विषयमा पनि छलफल भएको थियो । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री भट्टराई बिहान ९ बजे शितल निवास पुग्नुभएको थियो ।