Responsive Ad Slot

latest

पर्वतको एक विद्यालयमा पुस्तकालय प्रभावकारी बन्दै ।।

Friday, November 4

/ by Admin BHOLA THAPA
रोशन तिवारी,
कुश्मा, पर्वत कार्तिक १८-पर्वतको माझफाँटमा रहेको समाजकल्याण सामुदायिक प्राथमिक विद्यालयमा स्थापना भएको पुस्तकालय प्रभावकारी बन्दै गएको छ । पुस्तकालयमा स्थानियबासिन्दा पनि पढ्न आउने गरेका छन् । विद्यालयमा स्थापना भएको पुस्तकालयले विद्यार्थी मात्र होइन उनीहरुका अभिभावकलाई समेत अध्यायन गर्ने बानी बसालेको विद्यालयका प्रधानाध्यापक ओमबहादुर जिसीले बताउनुभयो । एक दिनमा २० देखी २५ जना स्थानियबासीहरु पुस्तक पढ्न आउने गरेका छन् । दलित विद्यार्थीका लागि भनेर स्थापना गरिएका पुस्तकालयमा अँग्रेजी, नेपाली भाषाका बिभिन्न पुस्तक तथा सामान्यज्ञान, बालकथा, पत्रपत्रिकाहरु, गरेर २ हजार भन्दा बढी पुस्तकहरु राखिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI