काठमान्डौ,
मंसिर ५-सत्तरुढ दल मधेशी जनअधिकार फोरम गणतान्त्रिकले आयोग गठनको औचित्यमाथि प्रश्न उठाएपछि मुख्य दलको बैठक बिना निश्कर्ष सकिएको छ ।शान्ति तथा पूर्ननिर्माण मन्त्रालय सिँहदरबारमा बसेको माओवादी, काग्रेस, एमाले र मधेशी मोर्चाका नेताहरुको बैठकमा गणतान्त्रिकका अध्यक्ष जयप्रकास प्रसाद गुप्ताले आयोगको औचित्य माथी प्रश्न गरेपछि दिउँसो ४ वजे वस्ने गरी वैठक स्थगीत गरिएको हो ।छलफलमा काँग्रेस र एमालेले माओबादी र गणतान्त्रिकलाई पार्टीभित्र र बाहिर छलफल गरेर अपहन्न बस्ने बैठकमा उपस्थित हुन आग्रह गरेपछि बैठक स्थगित गरिएको माओबादी सचिव सिपि गजुरेलले दिएका छन ।
आयोग गठनका विषयमा सहमति जुटाउन अहिलेमा माओवादी र मधेशी मोर्चा विच छलफल भईरहेको छ । अहिले सम्म प्रमुख ३ राजनीतिक पार्टीबाट दुई दुई जना र मधेशी मोर्चाबाट एक जना गरी सात सदस्यीय आयोग बनाउने सामान्य छलफल भएको नेताहरुले जानकारी दिएका छन ।
काग्रेसले पुर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोख्रेल र पुर्वमुख्य सचिव तिर्थमान शाक्यको नाम सिफारिस गर्ने तयारी गरेको छ । काँग्रेसले संविधानविद् भिमार्जुन आचार्यका बारेमा पनि छलफल गरेको छ । एमाले र माओबादीले भने आफ्नो तर्फबाट सिफारिस गर्ने सदस्य तथा संयोजकको नामका बारेमा निर्णय भइनसकेको जनाएका छन । दुवै पार्टीले डा पिताम्वर शर्मालाई संयोजक मान्न तयार देखिएका छन । तर माओबादीको बैद्य पक्षले भने सजिलै सहमति नजनाउने एक नेताले जानकारी दिएका छन । माओबादी र एमालेले आयोगका सदस्यहरुको नामावलीका बारेमा निर्णय गरिनसकेकाले आजै आयोगका सवै सदस्यहरु छनौट हुने संभावना भने देखिएको छैन ।