नवीन मनोहर,

हुलाक मार्फत मंगलवार प्राप्त उजुरीमा स्थानीय विकास अधिकारीले भ्रष्ट्रचार गर्ने मामिलामा हाल सम्मका सवै स्थानीय विकास अधिकारीलाई पछाडी पारीएको भन्दै १ लाख रूपैया भन्दा वढि रकम वाट सञ्चालन गर्ने योजना टेण्डर प्रक्रियाबाट अघि वढाउनु पर्नेमा आव ०६७/०६८ को जिल्ला परीषदबाट क्वाटरमा तला थप्न छुट्टाइएको ५ लाख रूपैया योजना तथा अनुगमन अधिकृत विनोद पोख्रेलको संयोजकत्वमा निर्माण समिति गठन गरी मनोमानी ढ्रगले खर्च गरेको आरोप पनि उजुरी पत्रमा उल्लेख गरीएको छ ।
त्यस वाहेक स्थानीय विकास अधिकारी घिमिरेले ०६८/०६९ को जिल्ला परीषदमा वन्दशत्र नै नगरी मनोमानी ढंगले विभिन्न योजनामा लाखौ रकम हिनामिना गरेको र जिल्ला विकास समितिको नाममा हजारौ रूपैया वरावरको विभिन्न घरायसी सामान खरीद गरी आफ्नो घर समेत ल्यैजाने काम गरेको सम्मको आरोप उजुरी पत्रमा लगाइएको छ ।
त्यसै गरी गत असोज महिनामा बर्षादले विभिन्न ग्रामिण सड्कहरू भत्काएको र सो वापत जिल्ला विकास समितिबाट छुट्टाएको १७ लाख २० हजार रूपैयामा पनि घिमिरेले ठुलै घोटाला गरेको उक्त घोटाला काण्डमा जिल्ला विकास समितिका विभिन्न ८ जना प्राविधिकहरू समेत संलग्न रहेकोले उनीहरू समेतलाई छानविन गरी हदै सम्मको कार्वाही गरी अपचलन गरेको सम्पुर्ण रकम फिर्ता गराइ पाउनका लागि समेत जोडदार माग गर्दछौं उजुरी पत्रमा उल्लेख गरीएको छ ।