तनहुँ खबर संवाददाता
तनहुँ कार्तिक २५-मधु सामुदायी बन देबघाट तनहुको १४ औं बार्षिक साधरण सभा आज सम्पन्न भएको छ ।सामुदायीक बन उपभोक्ता महासंघ तनहुकी उपाध्यक्ष बिन्दु बस्नेतको प्रमुख आथित्यता रहेको सभाका बिशिष्ट अतिथी सामुदायीक बन उपभोक्ता महासंघ देबघाट रेञ्जपोष्टका अध्यक्ष भोजराज नैनाबस्ती रहनु भएको थियो ।
सभामा बनको प्रगती प्रतिबेदन अध्यक्ष केशबचन्द्र न्यौपानेले प्रस्तुत गर्नु भएको थियो भने लेखा परीक्षण प्रतिबेदन सचिब पूर्ण बहादुर थापाले प्रस्तुत गर्नु भएको थियो ।बनका उपाध्यक्ष ब्रताबहादुर गुरुङ्गले स्वागत मन्तब्य राख्नु भएको सो सभामा देबघाट रेञ्जपोष्टका जगदीस लाल देब ,रानि सामुदायीक बनका अध्यक्ष पञ्च बहादुर आले ,जय कृष्ण सुबेदी लगायतको सहभागीता रहेको थियो ।