काठमाण्डौ, मंसरि १,
आज राष्ट्रिय कफी दिवस विभिन्न कर्यक्रमको आयोजना गरी मनाइदै छ । नेपालको ४० जिल्लामा कफी खेती हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
नेपालले अहिले कफी उत्पादन गरेर स्वदेशको मागलाई धानि रहेको छ भने विदेशमा करिब २० करोडको कफी बेच्ने गरेको अनुमान छ । नेपालको कफी अर्गानीक र चिसो हावापानीमा हुने भएकाले विदेशमा नेपाली कफीको माग बढ्दो छ । कफी खेती गरेर किसानको जीवनस्तर उकास्न सकिने भएकाले यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उद्योगीहरुको भनाइ छ ।