काठमान्डौ,
कार्तिक २९–पार्टीभित्रको असहमतिको बिषयमा छलफल गर्न हिजोबाट सुरु भएको माओबादी केन्द्रिय समिति बैठक स्थगीत भएको छ ।आजको बैठक सुरु हुनु अगाडी माओबादी पधादीकारीहरु बिच पार्टी केन्द्रिय कार्यलय पेरीस डाडामा भएको छलफलमा सर्बसम्मतीका साथ आजको लागी बैठक स्थगीत गरी बिहीबार ११ बजे पुन बैठक बस्ने सहमती भएको एक केीन्द्रय सदस्यले जानकारी दिनु भयो ।
केन्द्रिय समिती बैठकमा सहभागी हुन सबै जसो माओबादी केन्द्रिय सदस्यहरु पेरीसडाडा पुगी सकेका थि ए।पटक पटकको स्थगीग हुदै आएको केन्द्रिय समिति वैठकमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन वैद्यको धारणमाथी केन्द्रिय सदस्यहरुले टिप्पणी गर्ने बताईएको थियो ।उपाध्यक्ष मोहन बैद्यले हिजोको बैठकमा थप तिन सहित १३ वटा असहतिका वुदा पेश गर्नुभएको छ ।
आजको वैठकमा अध्यक्ष प्रचण्डले वैद्यले पेश गरेको असहमतिका वुदालाई सम्वोधन गर्दै वर्तमान राजनितिक कार्यदिशाका वारेमा धारणा राख्नु हुनेकार्य तालिका रहेको थियो। वैद्य समुहले असहमतिका वुदा थप्दै गएपछि माओवादी भित्रको विवाद सहजै समाधान हुने देखिएको छैन । मधेशी मोर्चा सँग भएको ४ वुदे सहमति, साचो हस्तान्तरण, विप्पा संझौता , दलहरुविच भएको ७ वुदे सहमति लगाएतका बिषयमा अझै पनि बिबाद कायमै रहेको छ ।
यस अघि दर्ता गराएको १० वुदे असहमति पत्र सहित सभासद बालकृष्ण ढुंगेललाई आममाफी दिन सरकारले गरेको सिफारिस , राज्य पुनःसंरचनाका लागि विज्ञहरुको समिति गठन गर्ने सहमति र अध्यक्ष प्रचण्डको अमेरिका भ्रमणका वारेमा प्रष्ट पार्नुपर्ने सहितका १३ वुदाको असहमति पत्र हिजोको वैठकमा वैद्यले प्रस्तुत गर्नुभएको थियो ।