Responsive Ad Slot

latest

प्रेस युनियनको साधारणसभा भोली हुँदै,कांग्रेस केन्द्रिय सदस्य भण्डारीले उद्घाटन गर्ने

Tuesday, November 22

/ by Admin BHOLA THAPA

तनहुँ,
मंसीर ६ नेपाल प्रेस युनियन तनहुँ शाखाको साधारणसभा बुधबार हुने भएको छ । साधारणसभाको नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले उद्घाटन भएका छन । साधारणसभामा युनियनसंग आवद्ध तथा विभिन्न सन्चारमाध्यममा क्रियाशिल सन्चारकर्मिको सहभागिता रहने युनियनका जिल्ला अध्यक्ष डम्बर अधिकारीले जानकारी दिएका छन ।

साधारणसभा बुधबार विहान ११ बजे दमौलीस्थित कर्मचारी मिलनकेन्द्र दमौलीमा हुँदैछ । कार्यक्रमका लागि आवश्यक तयारी पुरा भएको युनियनले जनाएको छ । कार्यक्रममा युनियनको जिल्ला शाखाको प्रतिवेदन प्रस्तुत हुने र संगठनको विविध बिषयमा आवश्यक छलफल हुने युनियनका जिल्ला सचिव पवन पौडेलले जानकारी दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI