सुमन बन्धु भण्डारी
दमौली
कार्तिक १६ -फिस्टेल एयरको हेलिकप्टर वाक्लो हुस्सुका कारण तनहुँ जिल्लाको क्यामिन गाविस वडा नम्वर ८ वासपानी भन्ने स्थानमा आज विहान करिव १ घण्टा आकष्मिक अवतरण गरेको छ ।
पोखरावाट काठमाडौंतर्फ जाँदै गरेको ढल्-ब्क्ष्प् नम्वरको सेतो हेलिकप्टर आकष्मिक अवतरण गराईएको हो । हेलिकप्टरमा एक स्वदेशी सहित ५ जना रहेको क्यामिनकोट माध्यामिक विद्यालयका प्रधानाध्यापक माधव खनालले वताउनुभयो ।
हेलिकप्टर विहान करिव १० वजेदेखि एक घण्टासम्म अवतरण गराईएको प्रधानाध्यापक खनालले वताउनुभयो । हुस्सु हटेपछि करिव ११ वजे हेलिकप्टर काठमाडौंतर्फ उड्योको उहाँले वताउनुभयो । हेलिकप्टर अवतरण गराईएको स्थान सदरमुकाम दमौलीवाट करिव १६ किलोमिटर उत्तर तर्फ पर्छ । समुन्द्री सटहवाट करिव ११ सय मिटरको उचाईमा हेलिकप्टर अवतरण गराईएको थियो । विद्यालय नजिकै हेलिकप्टर अवतरण गराईएकोले विद्यालयका करिव ३ सय जना विद्यार्थीहरु हेलिकप्टर हेर्नको लागि भिड नै लागेको थियो ।