तनहुँ खबर संवाददाता
तनहुँ कार्तिक २८
सेतो गुराँस बालविकास सेवा केन्द्र तनहँुद्वारा साचालित प्रारम्भिक बाल विकासका गुणस्तरीय अवसर कार्यक्रम अन्तरगत बालविकासको लागि शिक्षाको लागि प्रवेशद्वार केन्द्रको अुनगमन गरिएको छ । जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीको नेतृत्वमा केशवटार वडा नं। ३ मास्दीटार स्थित बालप्रवेशद्वारको अनुगमन गरिएको हो ।
बालबालिका प्रवेशद्वारको अनुगमनका क्रममा कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी पुरीले बालप्रवेशगृहलाई यसै वर्षदेखि बालविकास केन्द्र साचालन गर्न जिल्ला शिक्षा कार्यालयले सहयोग गर्ने बताए ।