Responsive Ad Slot

latest

इजरायलमा: धेउसी भैलो कार्यक्रम भिडियो

Wednesday, November 2

/ by Masti Entertainment

पर्बत जिल्ला रानीपानी गाबिस का एकैघरका ५ अपांग बालिकाहरुको सहयोगार्थ इजरायलको तेलअबिब शहरमा तिहारको अबशर पारेर बिशेस धेउसीभैलो कार्यक्रम तथा सांगीतिक साझ भव्यताका साथ सम्पन्न भयो | अपांग सहयोग अभियान समुह एव नेप्लिज इन इजरायल फेसबुक संजालको सक्रियतामा आयोजना गरिएको उक्त सांगीतिक कार्यक्रम अभियानका संयोजक कुमार पौडेल को सभापतित्वमा संचालन गरिएको थियो | अनेसास इजरायलका सल्लाहकार श्याम रोक्का प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा स्थानीय नेपालीसमुदायका संघसस्थाका प्रतिनिधि हरुलाई अतिथिको रुपमा आमन्त्रित गरिएको थियो | नेपाली रास्ट्रियगानबाट शुरु गरिएको उक्त कार्यक्रम श्रीराम अधिकारीको स्वागत मन्तब्य साथ प्रमुख अतिथि श्याम रोक्का र सभापति कुमार पौडेल बाट संयुक्तरुपमा पानसमा दिप प्रज्वलन साथ सत्य साइकेन्द्रका साइभक्तजनरुबाट सामुहिक लक्ष्मीपूजा गरेर कार्यक्रमको सुरुआत गरिएको थियो |




Don't Miss
© all rights reserved
made with by netKUTI