तनहुँ खबर संवाददाता,
तनहू कार्तिक २६ -श्री कालिका सामुदायी बन उपभोक्ता समिती देबघाट २ तनहुको १३ औं बार्षिक साधरण सभा अहिले बनको कार्यलयमा सम्पन्न भएको छ ।सामुदायीक बन उपभोक्ता महासंघ तनहुका सह सचिब केशब न्यौपानेको प्रमुख आथित्यता रहेको सभामा बनका सचिब भोजराज नैनाबस्तीले बनको कार्य प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने लेखा प्रतिबेदन ,लेखा समिती संयोजक शिबदत्त ढकालले प्रस्तुत गर्नु भएको थियो ।बनकी अध्यक्ष नरमाया फेवालीको अध्यक्षतामा संचालन भैरहेको सो सभामा देबघाट रेञ्जपोष्टका जगदीस लाल देब, लगायत बनका उपभोक्तहरुको सहभागीता रहेका सो सभामा बनका उपभोक्तहरुले बनको कामकारबाहीको बिषयमा छलफल समेत गरेका थिए ।