Responsive Ad Slot

latest

समाज सेवामै चार दशक

Tuesday, November 22

/ by Admin BHOLA THAPA
समुन्द्र पौडेल
तनहुँ मंसिर ६
गाविसमा श्रीमान श्रीमती विचको झगडा होस् वा गाउँले गाउँले विचको झगडा झगडा मिलाउन कस्सिन्छिन् - नरमाया वि.क . जिल्लाको साभुङ भगवतीपुर-६ की ६८ वर्षिय नरमाया बि.क. अहिले गाउँले माझ न्यायधिस झै भएकी छिन् । ४० वर्ष अघिदेखी गाउँमा सामाजिक क्षेत्रमा काम गर्दै आएकी उनी गाउँको प्यारालिगल समितिका अध्यक्ष हुन् । 'प्यारालिगलले मलाई झगडा मिलाउन सिप दिएको छ ।' उनले भनिन, 'दुबै पक्षको जीत हुने नतिजा दिन्छौ ।'

गाला चाउरी परिसकेपछि उनी प्यारालिगल संगै गाउँका डेढ दर्जन भन्दा बढि संघसंस्थामा आबद्ध छिन् । उनले भनिन '२८ वर्षको उमेर देखी नै समाज सेवामा लागे ।' २०२८ सालमा पाचायतकालमा वडा वडामा गठन गरिएको महिला संघबाट सामाजिक क्षेत्रमा सकि्रय भएकी उनले भनिन, 'अहिले पनि गाउँमा केही पर् यो भने गाउँलेले मलाई नै गुहार्छन । '
'गएको वर्षमात्रै प्यारालिगल समुहबाट २०÷२२ वटा झगडा मिलायौ ।' उनले भनिन, ' अन्य संघसंस्थाबाट पनि गाउँमा सामाजिक कार्य संचालन गर्दै आएका छौ ।' गाउँको प्यारालिगलको संगै दलित सहकारी विद्युत खानेपानी आमा समुह र विद्यालयका समितिमा समेत आबद्ध उनकै नेतृत्वमा गाविसका सबै आमा समुहको साँझा सस्था पशुपति जनसेवी महिला विकास आमा समुहको समेत यसै वर्ष गठन भएको छ ।

नरमायाकै अग्रतामा गाउँमा पौवा बटुवाका लागि ठाँटी भैरवथान सिद्ध देवताको मन्दिर समेत निर्माण भएका छन् । 'समितिमा पढे लेखेका साथीहरु पनि छौ ।' उनले भनिन, 'तर जहाँपनि मलाई नै अगाडी सार्छन् ।' लामो समयदेखी सामाजिक क्षेत्रमा सकि्रय भएकै कारण गाउँलेहरु सामाजिक काममा नरमायालाई अगाडी सार्ने गरेको साभुङ भगवतीपुरकी अनुपा घलेले बताइन् । 'यो उमेरमा पनि हातमा कागजात बोकेर हिडेको देख्दा सबै दंग पर्छन् ।' उनले भनिन, 'उहाँको उत्साह र सहासलाई घर परिवारले समेत सहयोग गरेको छ ।'
Don't Miss
© all rights reserved
made with by netKUTI