Responsive Ad Slot

latest

प्रजातन्त्रका सेनानी शर्माको ९७ औं जन्मजयन्तीमा सम्मान र श्रद्धाञ्जली अर्पण

Wednesday, November 2

/ by Admin BHOLA THAPA
तनहुँ खबर संवाददाता
तनहुँ कार्तिक १६-प्रजातन्त्रका सेनानी एवं नेपाली कांग्रेसका नेता स्व. गोवर्धन शर्माको पैत्रिक गाऊँको घरमा उहाँको ९७ औं जन्मजयन्तीका अवसरमा उहाँप्रति हार्दिक सम्मान र श्रद्धाञ्जली अर्पण गरियो । गोवर्धन शर्मा स्मृति कोषका उपाध्यक्ष विष्णु वाग्ले समेतका ट्रष्टका पदाधिकारी एवं स्थानीय व्यक्तिहरुले स्व. गोवर्धन शर्माको तस्वीरमा माल्यार्पण गरेर सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । यसै गरी ट्रष्टका प्रमुख सचिव रामचन्द्र पोखरेल, प्रजातन्त्र सेनानी बद्रीहरि भट्टराई, रामनाथ भट्टराई, मीना पोखरेल, जनता प्रा.वि.का प्र.अ. खेमराज पोखरेल, हर्कबहादुर वि.क., सुकराम वि.क., गोविन्द पौडेल, उजेली कुमाल, रमिला कुमाल, मनीलाल कुमाल समेतले माल्यर्पण तथा सम्मान गर्नुभएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI