काठमाडौँ,

श्रेष्ठले ल्हासामा तीब्बती स्वायत्त प्रदेशका अध्यक्ष र वेइजिङमा प्रधानमन्त्री जियाबाओ र चिनियाँ समकक्षी याङ जि चीसँग भेट्ने कार्यक्रम छ ।ती भेटहरुमा प्रधानमन्त्री जियाबाओको भ्रमणका क्रममा छलफल गर्न नेपालको पूर्वाधार विकास, जलसोत, सांस्कृतिक आदानप्रदान तथा यातायत र द्विपक्षीय व्यापार विस्तारलगायतका एजेण्डा अघि सार्ने बताइएको छ । भेटमा नेपाल चीनबीच स्याफ्रवेशी, इमाथान्का, लोमान्थाङ, तिङकर गरी चारवटा नयाँ नाका खोल्ने विषयलाई भ्रमणको एजेण्डामा पार्न परराष्ट्रमन्त्री श्रेष्ठले प्रस्ताव गर्नुहुनेछ ।
हाल नेपाल र चीनबीच तातोपानी र हिल्सा नाकाबाट मात्र आवतजावत र व्यापारिक कारोबार भइरहेको छ । यस्तै भ्रमणका क्रममा सय मेगावटको बुढीगण्डकी र ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणका लागि सहयोग गर्न चीनसँग आग्रह गरिनेछ ।