पर्वत ,
मंसिर ५-पर्वत जिल्लाको सदरमुकाम कुश्मावाट पोखरा जाँदै गरेको ग१ज ३९०६ नम्वरको ट्याक्सीको ठक्करवाट रेडियो शालिग्रामका संचारकर्मी घाईते भएका छन् । आईतवार साँझ चुवा गाविस स्थित पराधिवाट मोटरसाईकल चढेर कुश्मातर्फ आउँदै गरेका संचारकर्मी अर्जुन क्षेत्रीलाई दोविल्लामा ट्याक्सीले ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्याक्सीको ठक्क्रवाट संचारकर्मी क्षेत्रीको दाहिने खुट्टामा चोट लागेको छ । क्षेत्रीको पर्वत जिल्ला अस्पतालमा उपचार पछि अहिले उनको अवस्था सामान्य रहेको छ ।
घटना पछि उक्त ट्याक्सी भागेर बेतीनिमा पुगेपछि स्थानीय वासिन्दाले समातेर प्रहरीलाई बुझाएका थिए । स्थानीय वासीन्दाले ट्याक्सीरोक्न खोज्दा अटेर गरि भाग्न खोजे पछि सामान्य झडप समेत भएको थियो । झडपमा परि ट्याक्सी चालक सामान्य घाईते समेत भएका छन्.। घाईतेको उपचार पोखरामा भैरहेको छ । घाईतेको ट्यासीका चालक यज्ञ गौतमले मादक पदार्थ सेवन गरेको कारण अनियन्त्रीत किसिमवाट ट्याक्सी चलाएको वताइएको छ ।
प्रहरीका अनुसार मोटरसाईकल लाई ठक्कर दिएपछि भाग्दै गरेको उक्त ट्याक्सी डिमुवामा रहेको प्रहरी चौकीमा प्रहरीले रोक्न खोज्दा नरोके पछि स्थानीय वासिन्दाहरुले नै पक्राउ गरेका थिए ।
यसैविच आफ्ना सहकर्मीलाई ठक्कर दिएको घटनाप्रति रेडियो शालिगं्रामको ध्यानाकर्षण भएको छ । रेडियोले मादक पदार्थ सेवन गरि ट्याक्सी चलाई मोटर साईकल लाई ठक्क्र दिएपछि पनि प्रहरीलाई नै वेवास्था गरि भाग्ने निज ट्याक्सी चालक लाई कानुन बमोजिम कारवाहि गर्न माग गर्दै घाईतेको उचित क्षतीपुर्तिको समेत माग गरिएको छ ।