तनहुँ मंसिर ७
भोली बाल चर्तुदशी अर्थात सतबिज छर्ने दिन ,भोली सतबिज छर्नकोलागी तनहुको देबघाटमा आजै देखी भक्तजनको घुईचो लागेको छ ।भक्तजनहरु आजरातभर देबघाटमा जाग्रमबसी भजन कृतनका साथ भोली बिहान देबघाटको बेनी संगममा सतबिज छर्ने गरीन्छ ।बेनी संगम नारायणी,लुम्बिनि र गण्डकी अञ्चल तथा चितबन ,तनहु र नवलपरासी जिल्लाको संगममा पर्दछ ।
आफ्ना पृत्रीहरुको चिरशान्तिको कामना गर्दै बालाचर्तुदशी तथा भोलीको दिनमा सातथरी चोखो अन्न छर्ने प्रचलन रहेको छ । यसरी सतबिज छर्नाले आफ्ना पृत्रीहरुको आत्माले शान्ति र मोक्ष प्रप्त गर्ने धार्मिक तथा पौराणीक बिश्वास रहेको छ ।