Responsive Ad Slot

latest

सिन्धुपालचोक महोत्सव आज सकिँदै

Wednesday, November 23

/ by Admin BHOLA THAPA
चौतारा, मंसिर ७, 

‘सिन्धुपाल्चोक समृद्धिको आधार, जलस्रोत, पर्यटन, कृषि र व्यापार भन्ने नारासहित शनिबार सुरु भएको पाँचदिने सिन्धुपाल्चोक महोत्सवको आज समापन हुँदैछ । महोत्सवको समापन नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले गर्ने कार्यक्रम रहेको आयोजक सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सव समापनका अवसरमा स्थानीय राजनीतिक दलहरुले संयुक्त रुपमा हस्ताक्षर गरी जिल्लाको विकास र समृद्धिका लागि मिलेर काम गर्ने प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रम छ । प्रतिबद्धतापत्रमा राजनीति र विचारमा प्रतिस्पर्धा तथा विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता उल्लेख गरिएको महोत्सव प्रसारप्रसार समिति सदस्य एवं पत्रकार रेवती सापकोटाले  जानकारी दिनुभयो ।
महोत्सवका दौरान जिल्लाको विसका निर्माणका लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा जिल्लास्थित राजनीतिक दलका नेताहरुले जलस्रोत, कृषि, उद्योग तथा व्यापारसँग सम्बन्धित जानकारहरुसँग अन्तरक्रिया गरेका थिए । अन्तरक्रियाबाट आएका सुझावका आधारमा १० वर्षे सिन्धुपाल्चोकको विकाससम्बन्धी १० वर्षे गुरुयोजना निर्माण गरिने बताइएको छ । यसैबीच आज पर्यटन विकासको सम्भाव्यताका विषयमा सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । नेपाल पर्यटन बोर्ड, टे्रकिङ व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टान, नाटा र होटल व्ययवसायीका प्रतिनिधिसँग छलफल गरिने बताइएको छ ।

गत ३ मंसिरमा चौतारामा आयोजिक एक विशेष समारोहबीच महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्रीत्रय माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस वरिष्ट नेता शेरबहादुर देउवाले गरेका थिए ।










अनलाइन खबर
Don't Miss
© all rights reserved
made with by netKUTI