Responsive Ad Slot

latest

बृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सब २०६८ को तयारी पुरा

Tuesday, November 15

/ by Admin BHOLA THAPA
तनहुँ खबर संवाददाता
चितबन कार्तिक २९-सामाजिक रुपान्तरणको लागी शिक्षामा नायां अभियान बृहत शैक्षिक महोत्सब चितबनको पहिचान भन्ने नाराका साथ भोलिबाट चितबनमा सुरु हुन लागेको बृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सब २०६८ को तयारी पुरा भएको छ ।नारायणी नदि किनारमा भोलीबाट मंसीर ६ गते सम्म हुने सो महोत्सबको तयारी पुरा भएको आयोजकले जनाएको हो ।

भोली ७.३० बजे बिभिन्न झाकी सहितको र्यालीले नगर परीक्रमा गरेपछि प्रर्दशनि सुरु हुने छ ।महोत्सबको उद्घाटन गर्न नेपाल सरकारका शिक्षमन्त्रि दिननाथ शर्मा भोली नै आउने महोत्सब प्रचार प्रसार समितीका संयोजक बिष्णु प्रसाद धितालले जानकारी दिनु भयो ।

हात हातमा पुस्तक घर घरमा लाईब्रेरी भन्ने उद्धेश्यका साथ चितबनमा नै पहिलो पटक आयोजना हुन लागेको महोत्सबमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी १ सय ६० स्टल रहने पनि धितालले बताउनु भयो ।स्टलहरु मध्ये ६५ ओटा धार्मिक र अन्य पुस्तक सम्बन्धि नै स्टल रहेको पनि बताईएको छ । ५० लाखको खर्च अनुमान गरीएको महोत्सबमा झण्डै २ लाख दर्शकले अबलोकन गर्ने र २ करोड बराबरको आर्थिक कारोबार हुने पनि आयोजकको अपेक्षा रहेको छ ।

महोत्सबको अबसरमा ३ जना राष्ट्रिय र २जना स्थानिय साहित्यकारहरुलाई सम्मान समेत गरीने भएको छ ।सम्मानित हुने राष्ट्रिय साहित्यकारहरुमा डा.तारा नाथ शर्मा ,मदनमणी दिक्षित ,चित्रकार दुर्गा बराल र स्थानियमा कृष्णराज हमाल र राजकृष्ण कडेंल रहनु भएको छ ।महोत्सब प्रबेसका लागी सामान्य २० रुपैयाको टिकट र बिद्यार्थीको लागी १० रुपैया टिकट को ब्यबस्था गरीएको महोत्सब संयोजक पंकज अग्रवालले बताउनु भयो ।यसैगरी बिधालयकै पोसाकमा समुहमा मिलेर बिद्यालयको चिठ्ठीको साथमा आउने बिद्यार्थीहरुले भने निशुल्क प्रबेस पाउने पनि अग्रवालले जानकारी दिनु भयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI