वासिङटन डिसी,
मंसिर ६ - देशबाट टाढा भएपनि नेपालको चाड पर्व र संस्कृतीले यहाँ बस्दै आएका नेपालीलाई जोड्ने गरेको छ । यस्तै मेलो बन्यो नेपाल संवत ११३२को स्वागतगर्न नेवा अर्गनाइजेसन अफ अमेरिकाले आयोजना गरेको कार्यक्रम ।

सिल्भरस्प्रिङ शहरमाआयोजित समारोहमा परम्परागत नेवारी खाना समे वजी देखि नेवारी तथा नेपालीभाषाकागित, संगित र नृत्यले नेपालकै झझल्को दिएको थियो । कार्यक्रमउद्घाटन गर्दै अमेरिकाकालागि नेपाली राजदुतशंकर शर्माले अर्को बर्षको नेपाल संवतनयाँ बर्षमा स्थानीय समुदायसँग मिलेर औपचारिक कार्यक्रमगर्ने जानकारी दिए ।
नेपालमा सबैभन्दालामो समय चलेको र विक्रम सम्बत् भन्दा पुरानो नेपाल सम्बत्को तथ्यबारे डा. रोशनश्रेष्ठले प्रस्तुती गरेकाथिए । नेवा अर्गनाइजेसन अफ अमेरिकाकाअध्यक्षसिजनश्रेष्ठको स्वागतबाट शुरु भएको कार्यक्रममाइश्वर राजभण्डारी, त्रिभुवनतुलाधरले पनि सम्बोधन गरेकाथिए ।
कार्यक्रममा नेवा समुदायका पुरोहितबसभ राजोपाध्याय र नेपालभाषा एकेडेमीका सचिवइन्द्रबहादुर मालीलाई सम्मानितगरिएको थियो । बालक जस्माइनश्रेष्ठले नेवारीमै भाषण गरेर प्रसंसा बटुले । नेपालभाषाका प्रणेताएवं राष्ट्रिय विभूतिशंखधर साख्वको योगदानको प्रशंसा गर्दै नेपालभाषाजोगाउनु पर्ने चुनौतीबारे वक्ताहरुले ध्यानाकर्षण गराएकाथिए ।
कार्यक्रमको अर्को आकर्षण सांस्कृतिककार्यक्रमथियो । चर्चित कलाकारहरु सरिस्माअमात्य, संजिबप्रधान, सभिरमानन्धर, निभालसता, सञ्चीतुलाधर, सुनिलचौधरी, रविनमानन्धर, विश्वम्भर प्रधान, निलिमामानन्धर,स्वस्तिका दाहाल, श्रेयस्कादाहाल,शुसिललाल श्रेष्ठ तथा नेवाभाषाविद्यालयकाबालबालिकाहरु रुबीश्रेष्ठ, रोशीश्रेष्ठ, शमीमानन्धर, ज्वयल रंजित, मोणिक राजभण्डारी, बरदानतुलाधर लगायले गित प्रस्तु गरेकाथिए । धिमे वाजामा यज्ञमान शाक्यको नृत्य निकै आकर्षक थियो ।अमेरिकामा बसेर नेपालकाविविध संस्कृतिस“ग नजिकिनपाइने भएकाले पनियस्ता कार्यक्रम नछुटाउने गरेको खेम भट्टचनले बताए । ‘साताभरीकोकाम पछिको विश्रामर साथि भाइस“ग भेटघाटको लोभले पनि तानिहाल्छ’ नेपालीले आयोजनागर्ने अधिकांशकार्यक्रममा देखिनेसमाजसेवी भट्टचनले भने । पुस्कर विक्रमप्रजापति र विविता बस्नेतले नेवारी र अंग्रेजीभाषामाकार्यक्रम सञ्चालन गरेकाथिएभने संस्थाकाउपाध्यक्ष रविप्रधानले धन्यवाद ज्ञापन गरेकाथिए ।
साभार ईकान्तिपुर