Responsive Ad Slot

latest

बसभित्रै यात्रु मृत अवस्थामा भेटिए

Saturday, November 19

/ by Admin BHOLA THAPA

बाँके (कोहलपुर), मंसिर ३,

काठमाडौंबाट भिमदत्तनगरका लागि छुटेको बसमा एक यात्रु मृत अवस्थामा भेटिएका छन । महाकाली यातायातको ना ४ ख ३३४४ नम्बरको बसमा यात्रा गरिरहेका डडेलधुराको श्रीस ८ का ४४ बर्षिय बिर बहादुर भण्डारी शनिबार बिहान बर्दियाको बासगढी नजिक बसभित्रै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मोतीपुर बर्दियाका प्रहरी निरिक्षक दक्ष बस्नेतका अनुसार भण्डारीको ज्यान जानुको कारण खुलेको छैन । भण्डारीको शव शिक्षण अस्पताल कोहलपुरमा राखिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI