सन्तोष थापा
पर्वत, १५ कार्तिक-पर्वतमा यस वर्ष धान उत्पादनमा गत वर्षको तुलनामा १० प्रतिशत भन्दा वढिले बृद्धि हुने भएको छ । यस वर्ष मौसम अनुकुल परेकाले र कुनै रोग तथा किराको प्रकोप नभएकाले उत्पादनमा बृद्धि हुने भएको हो ।
गत वर्षको उत्पादनमा पनि पर्वतमा धान उत्पादन १० प्रतिशतले बृद्धि भएको थियो । सोही अनुरुप यस बर्षपनि धान उत्पादनमा बृद्धि हुनेभएपछि कृषकहरु हर्षित भएका छन् । यसका बाबजुद कार्तिक ७ गते जिल्लाको विभिन्न स्थानमा परेको असिना पानीले भने सामान्यत क्षति पु¥याएको छ । आर्थर, भुकताङले, देउपुर लगायतका धान उत्पादनमा पकेट क्षेत्र मानिएका गाविसहरुमा असिनाले क्षति पु¥याएको थियो । गत वर्ष धान उत्पादन हुने ९ हजार ५ सय ५५ हेक्टर खेतमा २५ हजार १५ मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष २७ हजार पाँच सय १६ मेट्रिक टन भन्दा वढि उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय पर्वतको अनुमान रहेको छ ।
मौसम अनुकुल परेकाले सवै क्षेत्रमा गरिएको धान खेतीको उत्पादन उत्पादन बढ्ने भएको हो । यस वर्ष विभिन्न गाविसमा गरी ६० प्रतिशत भन्दा वढि उन्नत जातको धान लगाइएको थियो । जिल्लाका फलेवास, कटुवाचौपारी, पिपलटारी, शंकरपोखरी, त्रिवेणी, पकुवा, दुर्लुङ्ग, पाङ, धाईरिङ्ग, नाङलीवाङ लगायत एक दर्जन भन्दा वढि गाविसमा उत्पादन ह्वात्तै बढेको छ । जिल्लाका अधिकांश क्षेत्रमा लोकल जात लगाइएको र अन्यमा मकवानपुर १, खुमल ४, खुमल ८ पोखरेली मसिनो, बास्मती, लुम्ले मसिनो, मन्सुली, सावित्री, एक्ले गुडुरा, पहेले लगायतका धानहरु लगाइएको छ ।