भोला थापा क्षेत्री
दोहा मंसिर ३- “सबल र समृद्ध जिल्ला निमार्णमा प्रवासीको योगदान सहयोग र सदभाव सबैमा तनहु“ सेबा समाज कतारको अभियान” भन्ने मुल नारका साथ सन २०६० सालमा दोहा कतारमा स्थापना भएकोको तनहु“ सवो समाजको नियमित बैठक गत १८ नभेम्बर २०११ शुक्रबारका दिन दोहा जैद पार्कमा संस्थाका अध्याक्ष निम लाल कुमाल को अध्याक्षातामा सम्पन भएको छ ।
उक्त बैठकमा संस्थाका सम्पुर्ण कार्यकारी सदस्यहरुको उपस्थीत साथै आ आप्नो प्रस्ताव प्रश्तुत गरेका थिए साथै संस्थाका अध्याक्ष निमलाल कुमालले तनहुँ सेबा समाजलाई कसरी अझ राम्रो र अगाडी लाने भन्ने जोड सगैँ सस्थामा अझ निरन्तरत दिनु पर्ने सम्पुर्ण कार्यकारी सदस्याहरुलाई जानकारी दिएका थिए ।
सोही कार्यक्रममा बोल्दै अध्याक्ष कुमाले छाङ्ग ८ तनहुँ घर भएका तनहँु सेवा समाजका पुर्व सल्लाहकार घाटिको क्यानसर रोगबाट पिडीत भई हाल भरतपुर क्यानसर अस्पतलमा उपचार का लागी आर्थिक अबस्था कमजोर भएका साथै आथिक सहयोग अपेक्ष गरेका नर बहादुर थापा लाई आर्थिक संकल गर्न संस्थाका कार्यकारी सदस्यहरुलाई जानकारी दिदै उक्त पिडीतलाई सम्पुर्ण कतारमा छरिएर रहनु हुने नेपाली दाजुभाई दिदी बैनीलाई सहयोग गरि उहाको स्वास्थ लाभको कामना गरि सहयोग गरिदिन अपिल गरेका थिए ।
प्रताव सगै आउने अग्रेजी महिनाको नया साल जनवरी ६ तारिकका दिन संस्थाको बनभोज कार्यक्रम समाल गार्डनमा गर्ने र उक्त कार्यक्रमलाई ब्यवस्थित र मर्यादित बनाउन को लागी ५ सदस्यीय टोलीको कार्य समित चयन गरेको छ । त्यस्तै वनभोजमा जान इच्छुक दाजुभाई दिदी बहिनीहरुलाई टिकटको पनि ब्यवस्था गरिने वताइएको छ ।
उक्त कार्यकारी सदस्यहरुमा
भिम बहादुर थापा (संयोजक) श्रीराम पौडेल (सह सयोजक) भोला थापा क्षेत्री (प्रसार प्रचार) तोयानाथ पौडेल (आर्थिक संकलन) सन्तोष थापा क्षेत्री, (सह आर्थिक संकलन) भरत मल्ल (यातयत) सदस्यमा प्रताप ढुङ्गाना रहेका छन ।
विस्तृत जानकारीको लागी सचिव राजेश पन्त लाई ५५६३२९७९ मा सम्पर्क गर्नुहोला ।