रामचन्द्र नेपाल
कार्तिक ३० क्वालालम्पुर मलेसिया- समाजशान्त्रि डा. गणेश गुरुगले मलेसियामा नेपाली महिला श्रमिकहरु पठाउदा सरकारले विषेश ख्याल राख्नु पर्ने बताउनु भएको छ ।गैर आवासिय नेपाली संघ मलेसियाले मंगलवार क्वालालम्पुरमा गरेको अन्त्तरक्रिया कार्यक्रममा वोल्दै डा.गुरुगले सरकारले एकद्धार प्रणालीवाट मात्रै तालिमप्राप्त महिलाहरु पठाउनु पर्नेमा जोड दिनु भयो । उहाँको जोड थियो मलेसियामा हाउस मेडको लागि नेपाली महिलाहरु नपठाउने भन्ने होईन आवश्यक तालिम दिएपछि मात्रै पठाउनु पर्छ अन्यथा ज्ञानको अभावमा फ्रिज भित्र जुत्ता राखेका अनुभवहरु धेरै छन ।
कार्यक्रममा वोल्दै पौरखि नेपालकि अध्यक्ष मन्जु गुरुङले मलेसियामा आउने श्रमिक महिलाहरुको लागि नेपालमा ठाँउठाउँमा तालिम सेन्टरहरु हुनु पर्ने हाउस मेडमा पठाउने हो भने पनि आवश्यक चिजहरु सिकाएर मात्रै पठाउनु पर्नेमा जोड दिनु भयो ।
नेपाली दुतावासका श्रम सहचरी सुर्य प्रसाद भण्डारीले पुरुषको तुलनामा महिलाहरुमा प्रवासमा अनेक खालका अफठेराहरु पर्ने गरेको बताउदै सवैको सहकार्यमा नेपालमै सचेतना चलाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा गैर आवासिय नेपाली संघका अध्यक्ष शंकर वहादुर पौडेल,उपाध्याक्षद्धय कर्मादार्जे गुरुग,भवानी शंकर तिवारी,महासचिव विश्वराई,सदस्य सुभद्रा लिगदेन,पत्रकार रामचन्द्र नेपाल लगायतकाले आआफनो धारणा राख्नु भएको थियो ।