Responsive Ad Slot

latest

लागू पदार्थ तथा दूव्यसनी नियन्त्रण कार्यक्रम सम्पन्न

Friday, November 4

/ by Admin BHOLA THAPA
तनहुँ कार्तिक
तनहुँ जिल्लाको ढोरफिर्दी गाउँ विकास समिती वडा नं ४ र ५ का जागरुक महिलहरुको सक्रियतामा छब्दी उच्च मा.वि विद्यालय परीसरमा लागू पदार्थ तथा दूव्यसनी नियन्त्रण कार्यक्रम सम्पन्न भयो ।

ढोरफिर्दी सर्व दलीय संयन्त्र एकिकृत नेकपा माओवादीका सेके्रटरी चेतनारायण पौडेल ,लागू औषध नियत्रण सन्जालकी अध्यक्ष थाइमाया महत, फुलबारी सेवा केन्द्रका सचिव कुलबहादुर खडका ,स्थानिय बुद्धिजिवी राजकुमार थापा लगायतका महानुभावहरुले अहिलेको पुस्ता दुरव्यसनमा फस्दै गएको र यस्ता दुरव्यसनीले समाजमा विकृती फैलने हुदा यस्ता कार्यक्रमले दुरव्यसनलाई नियन्त्रण गर्न सहयोग पुग्ने बताएका थिए ।


सो अवसरमा १३ सदस्यीय लागू पदार्थ दूरव्यसन नियन्त्रण उपसमिती गठन गरी देउराली बजार क्षेत्रमा सुचनामूलक होर्डिङ्ग बोर्ड समेत लगाइको छ । उक्त सुचना बोर्ड मार्फत सर्वसाधारणलाई जुवातास मदीरापानमा संलग्न रहनेलाई दण्ड सजायको जानकारी दिइयको छ । यदी नियम विपरीत गयमा आर्थिक सजाय गर्ने पनि उल्लेख गरीयको छ । सो कार्यक्रमको सन्चालन मिरा के.सी ले गर्नु भएको थियो भने स्वगत मन्तव्य छाब्दी आमा समूहका अध्यक्ष थिर कुमारी थापाले राख्नु भयको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI