गण्डकी छेउका हरिया फाँटहरुमा
कुनै समय—
मेरा पुर्खाहरु असारे गीत गाउँथे
त्यहि गण्डकी दहमा
मेरो बाल्यकाल र
किशोरावस्था हुर्कियो
त्यहि फाँट र खोरियाहरुमा
धानका बालाहरुसँगै पुर्खाहरु पाके
र
त्यहि अन्नले पैसा साटेर
एकदिन म
सपना किन्न मुग्लान पसें
यो मान्छेहरुले मान्छेहरुलाई बेच्ने शहर
यो मान्छेहरुले मान्छेहरुलाई किन्ने शहर
यहि किनबेच गर्नलाई
सरकारले नै
हरियो प्रमाणपत्र दिएका छन्
अनि—
त्यहि प्रमाणपत्रको भरमा
सुरु हुन्छ मानिसको लिलामी
बसपार्क
भट्टिपसल
मेनपावर अफिस
एयरपोर्ट
र खाडिको बगर
यो निस्सासिदो जिन्दगी
हाँसो हराएको मुस्कान
कुनै अदृश्य भयसँगै
बगिरहने दिन र रातहरु
तलाउमा फालिएको
बेकामे दर्शन ९दल्क्षिण० ढुङ्गाजस्तै
अचल
अनाम
अस्तित्व बिहिन बनेको छ
यो समय
भित्तामा झुण्डाएको घडीसंगै
फनफनि घुम्दो छ मानिसका जीवन
अनगिन्ति सपनाहरु
अस्पट भविस्यहरु
भौतारीरहेका छन्
कहिले सनैयाका औधोगिक क्षेत्रहरुमा
कहिले रास्लाफानका ग्यास प्लान्टहरुमा ।
तर के रु
जीवनले सार्थकता पाउँछ होला रु
आमाको फाटेको चोली फेर्न चाहाना
बाबाको बंशज चलाउने सुपुत्र बन्ने अपेक्षा
अनि—
प्रियसीको ओठमा खुशी ल्याउने इच्छा
सबैसबै पुरा गर्न सकुँला रु
तुषारो लागेको दिनजस्तै
बिलिन हुदैछ मरुभूमीमा
मेरो वास्तविक परिचय
मेरो वास्तविक अस्तित्व
अहिले म आफैलाई खोजिरहेछु
आफुलाई सादा कागजमा उतारिरहेछु
थाहा छैन कहाँ पुगेर भेट्टिने हो
कस्तो आकृति कोरिने हो
यहि क्यानभासभित्र म
आफुलाई स्केच गरिरहेछु ।
कुनै समय—
मेरा पुर्खाहरु असारे गीत गाउँथे
त्यहि गण्डकी दहमा
मेरो बाल्यकाल र
किशोरावस्था हुर्कियो
त्यहि फाँट र खोरियाहरुमा
धानका बालाहरुसँगै पुर्खाहरु पाके
र
त्यहि अन्नले पैसा साटेर
एकदिन म
सपना किन्न मुग्लान पसें
यो मान्छेहरुले मान्छेहरुलाई बेच्ने शहर
यो मान्छेहरुले मान्छेहरुलाई किन्ने शहर
यहि किनबेच गर्नलाई
सरकारले नै
हरियो प्रमाणपत्र दिएका छन्
अनि—
त्यहि प्रमाणपत्रको भरमा
सुरु हुन्छ मानिसको लिलामी
बसपार्क
भट्टिपसल
मेनपावर अफिस
एयरपोर्ट
र खाडिको बगर
यो निस्सासिदो जिन्दगी
हाँसो हराएको मुस्कान
कुनै अदृश्य भयसँगै
बगिरहने दिन र रातहरु
तलाउमा फालिएको
बेकामे दर्शन ९दल्क्षिण० ढुङ्गाजस्तै
अचल
अनाम
अस्तित्व बिहिन बनेको छ
यो समय
भित्तामा झुण्डाएको घडीसंगै
फनफनि घुम्दो छ मानिसका जीवन
अनगिन्ति सपनाहरु
अस्पट भविस्यहरु
भौतारीरहेका छन्
कहिले सनैयाका औधोगिक क्षेत्रहरुमा
कहिले रास्लाफानका ग्यास प्लान्टहरुमा ।
जीवनले सार्थकता पाउँछ होला रु
आमाको फाटेको चोली फेर्न चाहाना
बाबाको बंशज चलाउने सुपुत्र बन्ने अपेक्षा
अनि—
प्रियसीको ओठमा खुशी ल्याउने इच्छा
सबैसबै पुरा गर्न सकुँला रु
तुषारो लागेको दिनजस्तै
बिलिन हुदैछ मरुभूमीमा
मेरो वास्तविक परिचय
मेरो वास्तविक अस्तित्व
अहिले म आफैलाई खोजिरहेछु
आफुलाई सादा कागजमा उतारिरहेछु
थाहा छैन कहाँ पुगेर भेट्टिने हो
कस्तो आकृति कोरिने हो
यहि क्यानभासभित्र म
आफुलाई स्केच गरिरहेछु ।
राजेश्वर ढकाल
बगुवा-६ गोरखा
हाल :दोहा कतार