सम्मो फाँटमा वरिपरी डाडाहरुको किल्ला
अतिनै रमाइलो छ मेरो तनहुँ जिल्ला
जहाँ जाऊ सिरसिर हावाकलकल चिसो पानी,
विदेशीले भन्छन यसलाई प्रकृतिको खानी
भानुभक्त याही जन्मे घासी याही हुर्के
कुवा खन्न नाम कमाउन वनको घास खुर्के
बन्दिपुरको डांडाबाट हेरीरहु जस्तो
बयान गरी साध्य छैन मनै कस्तो कस्तो
छाब्दी बराह,मिर्लुंग भंगेर अकला र थानी
देवी देवता बास गरेकापबित्र ठाउँ छानी
प्रख्यात छ धर्मस्थल हाम्रो देवघाट
स्वदेशको कुरा छोडौ आउछन विदेशबाट
बसन्तपुरको डाडा माथि थानीमाइको बास
तनहुँ वासी पूजा पाठ गर्छन बार्है मास
सोमबार नारायणको पूजा लगाएर
मंगलबार डोली लान्छन बाजा बजाएर
डोली बोकी बाजा बजाई परिक्रम गर्दै
भक्तहरु खुसि हुन्छन थानीको शरण पर्दै
थानीमाइको पूजा गरि जसले भक्ति गर्छ
मनको इच्छा पुरा हुन्छ संकट सबै टर्छ
यदि नगएको भए थानीमाइको मेला
एकचोटी जाऊ दर्शन गर्न मौका पाको बेला
सच्चा मनले थानीमाइको जसले दर्शन गर्ला
मन हुँदैन बिचल्लीत स्वर्ग वास पर्ला
पवित्र ठाउँ मठ मन्दिर अन्त कहाँ मिल्ला
तेसैले नै प्यारो छ यो मेरो तनहुँ जिल्ला
नेचुरल ब्युटी भन्छन पर्यटक हरु
मेरो तनहुँ जिल्लाको म बयान कति गरु
अतिनै रमाइलो छ मेरो तनहुँ जिल्ला
जहाँ जाऊ सिरसिर हावाकलकल चिसो पानी,
विदेशीले भन्छन यसलाई प्रकृतिको खानी
भानुभक्त याही जन्मे घासी याही हुर्के
कुवा खन्न नाम कमाउन वनको घास खुर्के
बन्दिपुरको डांडाबाट हेरीरहु जस्तो
बयान गरी साध्य छैन मनै कस्तो कस्तो
छाब्दी बराह,मिर्लुंग भंगेर अकला र थानी
देवी देवता बास गरेकापबित्र ठाउँ छानी
प्रख्यात छ धर्मस्थल हाम्रो देवघाट
स्वदेशको कुरा छोडौ आउछन विदेशबाट
बसन्तपुरको डाडा माथि थानीमाइको बास
तनहुँ वासी पूजा पाठ गर्छन बार्है मास
सोमबार नारायणको पूजा लगाएर
मंगलबार डोली लान्छन बाजा बजाएर
डोली बोकी बाजा बजाई परिक्रम गर्दै
भक्तहरु खुसि हुन्छन थानीको शरण पर्दै
थानीमाइको पूजा गरि जसले भक्ति गर्छ
मनको इच्छा पुरा हुन्छ संकट सबै टर्छ
यदि नगएको भए थानीमाइको मेला
एकचोटी जाऊ दर्शन गर्न मौका पाको बेला
सच्चा मनले थानीमाइको जसले दर्शन गर्ला
मन हुँदैन बिचल्लीत स्वर्ग वास पर्ला
पवित्र ठाउँ मठ मन्दिर अन्त कहाँ मिल्ला
तेसैले नै प्यारो छ यो मेरो तनहुँ जिल्ला
नेचुरल ब्युटी भन्छन पर्यटक हरु
मेरो तनहुँ जिल्लाको म बयान कति गरु
गणेश थापा
बसन्तपुर ४ तनहुँ
हाल यु .ए . इ ( दुबई )
मिति :- २०६८/०७/२८