Responsive Ad Slot

latest

'हत्या आरोपी मन्त्री भएको हेर्न बाध्य’

Sunday, November 13

/ by Admin BHOLA THAPA
मनोज बस्नेत
Suryaman-Dong
काभ्रे, कार्तिक २७ - पतिका हत्यारालाई कारबाही गराइछाड्ने अठोट लिएर ६ वर्षअघि काठमाडौं छिरेकी पूणिर्माया लामाको अठोट अधुरै छ । कारबाहीपछि मात्र गाउँ फर्किने उनको इच्छा थियो ।


द्वन्द्वकालमा पति अर्जुन लामाको अपहरणपछि हत्या भएको थियो । हत्या आरोपीमध्ये सभासद् सूर्यमान दोङ ऊर्जा राज्यमन्त्री भएपछि पूर्णिमायाले न्याय पाउने आश मारेकी हुन् ।

'अपराधीलाई टुलुटुलु हेर्न बाध्य भयौँ,' गहभरी आँसु पार्दै उनले भनिन्, 'मान्छे मार्नेलाई मन्त्री बनाएर सरकारले पुरस्कार दियो ।' न्यायका लागि राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा समेत कुरा पुर्‍याउँदा पनि न्याय पाउन नसकेको उनले गुनासो गरिन् । मेरा पतिका हत्यारा खुलेआम हिँड्छन्, मैले न्याय पाइनँ,' उनले भनिन्, 'उनी मन्त्री भइसके, खै अब झन् कहाँ न्याय पाउँला ?'

उनले पति हत्याको आरोप लगाउँदै पूर्वसञ्चार मन्त्री अग्नि सापकोटासहित माओवादी कार्याकर्ता रक्की भन्ने यादव पौडेल, भोला अर्याल, श्याम भन्ने कर्णाखर गौतम, लालध्वज भनिने सूर्यमान दोङ, नोर्बु मोक्तानविरुद्धमा २०६५ साल साउन २७ गते किटानी जाहेरीसहित कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दा हालेकी थिइन् ।

छत्रेबाँझ ५, दाप्चाका अर्जुन लामालाई स्थानीय कृष्ण माविको व्यवस्थापन समिति अध्यक्ष चयन भई २०६२ वैशाख १६ गते दिउँसो स्वागत कार्यक्रम चलिरहेका बेला विद्यालयबाटै माओवादीले अपहरण गरेको थियो । २०६२ असार दोस्रो साता बुढाखानीको चार किल्लामा हत्या गरी शव गाडेको जाहेरीमा उल्लेख छ । सुरुमा प्रहरीले पनि जाहेरी लिन नमानेपछि पीडितले कारबाही माग राख्दै २०६३ मा सर्वोच्च अदालतमा रिट हालेका थिए । अदालतले २०६४ फागुन २७ गते जाहेरी दर्ता गरी कारबाही अघि बढाउन जिल्ला प्रहरीका नाममा आदेश जारी गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

अग्नि सापकोटा सञ्चारमन्त्री भएका बेला सुशील प्याकुरेल, कनकमणि दीक्षितलगायत अधिकारकर्मीले कानुनी राज्यको उपहास भन्दै जेठ १२ मा सर्वोच्च अदालतमा रिट हालेका थिए । काभ्रे प्रहरीले अग्नि सापकोटा र सूर्यमान दोङलगायत आरोपित नभेटिएको उल्लेख छ ।

प्रहरीको खोजीमा रहेका राज्यमन्त्री दोङलाई बिहीबार प्रहरीले स्कटिङ गरी सिन्धुपाल्चोक पुर्‍याएको थियो । 'पतिलाई किन अपहरण गरियो ? किन मारियो ? उनको शव कहाँ गाडियो ?' भन्ने प्रश्नको जवाफ माओवादी पक्षबाट पूणिर्मायाले अहिलेसम्म पाएकी छैनन् । 'हामीलाई सानो गल्ती गर्दा कानुन लाग्छ,' उनले भनिन्, 'ठूलाले मान्छे मार्दा पनि कुनै कानुन लाग्दैन ?'

माओवादीले लामाको हत्या तत्कालीन शाही सेनाको मोटार्स प्रहारबाट भएको दाबी गर्दै आएको छ । बिहीबार बनेपामा नेपाल राष्ट्रिय कर्मचारी महासंघले गरेको बधाई कार्यक्रमलाई सम्बोधन गर्दै आरोपी राज्य मन्त्री दोङले द्वन्द्वकालमा जोडिएका घटना आफ्नो मात्र नभई पार्टीको भएको बताए 
साभार : ईकान्तिपुर डट कम 
Don't Miss
© all rights reserved
made with by netKUTI