Responsive Ad Slot

latest

ईदको अबसरमा नेपालीहरुको बनभोज

Friday, November 11

/ by Admin BHOLA THAPA
सागर श्रेष्ठ, साउदी । साउदी अरेवियामा विशेष गरि वर्षको २ चोटी रमाजन र वक्र ईदको पावन अबसरमा करिव ३-४ दिन भएको विदालाई सहि सदुपयोग गर्न लुम्विनी प्रवासी सम्पर्क मंच साउदी अरेवियाले यसपालीको वक्र ईदमा यस अंचल भित्रका ६ जिल्लाहरुका साथीहरुलाई समेटेर बनभोज कार्यक्रमको आयोजना गरिएको थियो ।


करिब ४० जनाको उपस्थित रहेको उक्त कार्यक्रममा अन्य समाजसेवी ब्यक्तिहरुलाई पनि निमन्त्रणा गरिएको थियो । करिव बेलुकिको ८ बजे बाट साचालन गरिएको वनभोज कार्यक्रम रातको १ बजे सम्म रहेको थियो । कार्यक्रममा परिचय सांस्थाको बारेमा जानकारी पुराना तथा संस्थापक साथिहरुको स्मरण, जोक साईरी, गित आदि कार्यक्रमहरु राखिएको थियो ।


कार्यक्रममा धेरै साथीहरुले मिठो-मिठो जोकहरु सुनाएर पेट मिचिमिची हंसाएका थिए । जोक सुनाउनुमा को भन्दा को कमनै देखीन्थे कस्को जोक कति हंसाउने भन्ने थियो । यसरी रमाईलो संग वनभोज कार्यक्रम सम्पन्न गरेको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI