नारायण सापकोटा
चितबन कार्तिक २९– एक बर्ष अघि देखि, तबल नपाएका गैडाकोट स्थीत भृकुटी कागज कारखानाका मजदुरहरुले, कारखानाको चलअचल सम्पती रोक्का गर्ने भएका छन् । कारखानामा बन्द हुदा समेत, ब्यबस्थापन पक्षले समस्या समाधानका लागी कुनै पनि पहल नगरेको भन्दै, कम्पनीमा स्थायी रुपमा कार्यरत रहदै आएका ३४७ जना कामदार कर्मचारीहरुले, कारखानाको सम्पती जिल्ला मालपोत कार्यालय नबलपरासीबाट रोक्का गर्ने भएका हुन् ।
आफुहरुको आर्थिक अबस्था अत्यान्तै जर्जर हुदै जादा र बस्न खानको समेत समस्या हुदा, ठोस पहल नभएको भन्दै, कारखानाको जग्गा रोक्काको प्रकृया अघि बढेको संयुक्त सर्घष समस्या समाधान समितीका संयोजक राम शर्माले जानकारी दिनुभयो । ३४४ जना कामदार कर्मचारीको हस्ताक्षर सहित, श्रम कार्यालय बुटबलमा श्रम ऐन २०४८ को दफा २५ को उपदफा ५ क बमोजिम, जग्गा रोक्को लागी भोली निबेदन दिने, शर्माले बताउनुभयो ।
श्रम अधिकृत कार्यालय भन्दा बाहिर रहेका कारण केही दिन अघि गर्ने भनिएको कार्य केही ढिला हुन पुगेको उहाँको भनाई छ । जग्गा रोक्का भएपछि, मजदुर सगठनका प्रतिनिधीको सहमती बिना भृकुटी कागज कारखानाको स्वामित्बमा रहेको ५२ बिगाह जग्गा बिक्री बितरण गर्न पाइनेछैन् ।
श्रम कार्यालय बुटबलले गत असोज ४ गते कम्पनी ब्यबस्थापन पक्षलाई, मजदुरहरुको तबल ५० प्रतिशत हर्जना सहित तत्काल दिन आदेश दिएको भएपनि, गोल्छा अर्गनाइजेशनको मुख्य स्वामित्बमा रहेको कारखाना ब्यबस्पथापन पक्षले आलटाल गदै आइरहेको छ । गत मसिर महिना देखि त्यहाँ कार्यरत कर्मचारीले तबल पाएका छैनन् । दैनिक ७० मेट्रिक टन कागज उत्पादन कारखाना गत फाल्गुण देखि पुर्ण रुपमा बन्द भएको हो ।
कच्चा पर्दाथ र लोडसेडिङ्गको कारण देखाउदै बन्द गरीएको कारखानामा अस्थायी र करारका कर्मचारी कटौती गरीएपनि, बाकि रहेका ३४७ जना स्थायी कर्मचारीले दिनहुँ हाजिर गदै आएका छन् । ५५ बर्ष उमेरको हदबन्दी नाघेका कर्मचारीले पाउनुपर्ने सेवा सुबिधा समेत नपाउदा उनीहरु मर्कामा परेका छन् ।