तनहुँ खबर संवाददाता
दोहा कार्तिक २८-नेपाली साहित्याकाशका वरिष्ठ साहित्यकार तथा समालोचक प्रा. डा. गोबिन्दराज भट्टराईलाई हिजो सन्ध्या गु्रप अल्कोर कतारले सम्मान गरेको छ । वरिष्ठ साहित्यकार समालोचक प्रा. डा. गोबिन्दराज भट्टराई, बाट दिप प्रज्वलनकासाथै व्यानर उद्घाटन सन्ध्या गु्रपका अध्यक्ष्य थर्चा लामा, वरिष्ठ साहित्यकार समालोचक प्रा. डा. गोबिन्दराज भट्टराई, अनेशासका कतार च्याप्टरकाका अध्यक्ष्य हेमन्त प्रदेशीको वाहुवलवाट सुरु भएको कार्यक्रमको संचालन मुग्लानी सौगात द्धैमासीक पत्रिका अ.ने.शा.सका सहसचिव दिलिप अबिरलले गरेका थिए भने सभापतित्व सन्ध्या गु्रपका अध्यक्ष्य थर्चा लामाले गरेका थिए ।
प्रमुख अतिथी प्रा. डा. गोबिन्दराज भट्टराई, विशेष अतिथी अ.ने.शा सका भु.पु. अध्यक्ष्य दिपक भेटवाल, अ.ने शा.स. कतारका अध्यक्ष्य हेमन्त प्रदेशी, विशेष अतिथी एन. आर. एनका यूवा संयोजक उमेश अधिकारी, नवोदित मो. पुस्तकालयका प्रर्थाम उपाध्यक्ष तिर्थ संगम राई साथै अतिथीहरुमा गल्फ ब्यारोका संयोजक दिनेश रेग्मी,सन्ध्या गु्रपका भु.पु. अध्यक्ष धनेश्वर जि.सी, संस्थापक अध्यक्ष्य सुरज तामाङ, सोहि गु्रपका निर्वतमान अध्यक्ष्य विरेन्द्र कुमार याक्थुक्बा, नवोदित मो. पुस्तकालय साथै अ.ने.शा. स का सचिव सागर अजनबि कान्तिपूर प्रवासका संवाददाता राजेश्वर ढकाल आदि रहेका थिए ।
राष्टियगान सगै सुरुभएको उक्तकार्यक्रममा स्वागत मन्तव्य गु्रपका सचिव राजेन्द्र खनाल ले दिएका थिए एनका यूवा संयोजक उमेश अधिकारी, उमेश अधिकारी शुभकामना गित मार्फत गरेका थिए भने शुभकामना मन्तव्य विशेष अतिथी दिपक भेटवालले प्रा. डा. गोबिन्दराज भट्टराईलाइ सम्मान गरेको मा सन्ध्या गु्रपलाई धन्यवाद तथा साहित्यमा अझै प्रगतिको कामना भन्दै नेपाली साहित्यमा उहाको अतुलनिय योगदान रहेको वताएका थिए । त्यसतै कार्यक्रमको औचित्य र सन्ध्या गु्रपको वारेमा जानकारी संस्थाका प्रमुख सल्लाहाकार विरेन्द्र कुमार याक्थुम्वाले गरेका थिए । सम्मान प्रमाण पत्र साथै खादा ओढाएर सम्मानका साथ मायाको चिनोको प्रदान प्रमुख अतिथीलाई थर्चा लामा र धनेश्र जिसीले,विरेन्द्र कुमार यक्थुवाले गरेका थिए ।
कार्यक्रममा उपस्थित सर्जकहरु गोविन्द भावुक — आफ्नी सानु, तिर्थ संगम राई— साकिला उभौली पर्वको वारेमा, राजेश्वर ढकाल—सिंगो देश बोकेर हिड्छु , नेत्र वोहरा—म नायक, राजन लामा— सम्जना, सागर अजनबि—आशु , राजेन्द्र खनाल जिन्दगी , हेमन्त प्रदेशी — जाऊ देश खोज्न, दिलिप अविरल—थकित छन् जिवनहरुले, आफ्ना सृजनाहरु पस्कदै गर्दा कार्यक्रममा छुटै् रौनकता वडाएको थियो ।
अन्तमा प्रमुख अतिथी प्रा. डा. गोबिन्दराज भट्टराई वाट छोटो मन्तव्यमा सन्ध्या गु्रपको काम त्यस्तै मुग्लानी सौगात द्धैमासीक पत्रीकाको प्रगतीको कामना अनि यो मोफसलमा दुईदेश विचमा रहेर पनि हामी हाम्रो भौतिक शरिर र मन भिन्दा भिन्दै रहेपनि हरेक समस्या साझा हुने र यसमा धेरै चिन्तीत नभई आफ्ना सृजनाहरुलाई कर्मलाई समय साप्यक्ष्य गर्दै लानु पर्ने र साहित्यमा डायस्पोरा —उत्तरआधुनिकतावाद को गन्ध आउनुपर्ने वताउदै । डायस्पोरा र उत्तरआधुनिकतावादको वारेमा सामान्य जानकारी र अन्य विधाका वारेमा जानकारी दिदै यो क्षणलाई सदा जिवनका पानाहरुमा सुनौलो अक्षरले लेख्दै सगाली राख्ने वताए ।