तनहुँ खबर संवाददाता
लमजुङ कार्तिक २२
लमजुङको भोँजे - १ कुम्लुङका स्थानीयवासिन्दाले आफ्नो गाउँको विद्यालयका संस्थापक र पाहुनाको रुपमा आएका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
जनकेशरी प्राथामिक विद्यालयको अगुवाईमा विद्यालयका फाउण्डर बेलायती नागरिक डनक्यान क्य्राडेनसहितको ५ जना विदेशी नागरिक
र पोखरास्थित स्याम्रक विद्यालयका ३७ जना विद्यार्थी गरी ४२ जना पाहुनालाई एकैपटक सम्मान गरिएको हो ।
लमजुङका ग्रामीण भेगको शिक्षामा योगदान गर्दै आएको पहार ट्रस्ट नेपाल नामक संस्थामार्फत आएका विदेशी तथा स्वदेशी पाहुनालाई विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ईन्द्रबहादुर गुरुङ प्रधानाध्यापक सूर्यबहादुर गुरुङ आमा समूह युवा क्लब लगायत सवैले स्वागत गर्नुका साथै सम्मान गरेका थिए ।
स्थानीयवासिन्दाको स्वागत र सम्मान पाएपछि खुसी भएर विद्यालयका संस्थापकसहितको टोलीले १ लाख ५ हजार रुपैँया विद्यालयलाई प्रदान गरेको ईन्द्रेणी युवा क्लवका सचिव गम्भीरजंग गुरुङले जानकारी दिए । टोलीले विद्यालयलाई अझै सहयोग गर्ने प्रतिबद्धता जनाएका स्थानीयवासिन्दाले वताएकाछन् । विद्यालयको संस्थापक समूहले कुम्लुङस्थित पाचेबाजा समूहलाई एकजोर बाजागाजा समेत दिने वचन दिएका छन् ।