Responsive Ad Slot

latest

रामचन्दले नचाए साउदीका नेपालीहरुलाई : नेपाली साँगीतिक यात्रा २०११ सम्पन्न

Monday, November 7

/ by Admin BHOLA THAPA
साउदी अरेबिया, कार्तिक २१,

मुस्लिमहरुको चाड इदको अवसरमा हेल्प नेपाल साउदी च्याप्टरको आयोजनामा नेपाली साँगीतिक यात्रा २०११ को पहिलो कार्यक्रम साउदी अरेवियाको दमाम शहरमा सम्पन्न भएको छ ।हेल्प नेपाल साउदी च्याप्टरका अध्यक्ष छोटु थापाको सभापतित्व तथा नेपाली राजदुताबासका श्रमसहचारी बिनोद खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको पहिलो चरणको कार्यक्रममा सांगितिक यात्रा २०११ दमामका संयोजक प्रेम चेम्जोङ्गले नेपाली कलाकार अतिथि तथा दर्शकहरुलाई स्वागत गर्नुभएको थियो । विभिन्न संघसंस्थाका प्रतिनिधि तथा प्रमुखहरु सहित करिब छ सय जना दर्शकहरुको उपस्थिति रहेको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रम हेल्प नेपालका रुद्र कार्कीले संचालन गरेका थिए ।



नेपाली चर्चित लोक आधुनिक गायक रामचन्द्र काफ्ले लोकगायक बिक्रम शाह आधुनिक लोक गायिका अन्जु पन्त लोक गायिका राधिका हमाल र नृत्याङ्गना पूर्णिमा श्रेष्ठ एवं स्थानिय कलाकार तिलक तमुले आ-आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । नेपाली पोशाकमा सजिएका रामचन्द्र काफ्लेले हेल्प नेपालका अध्यक्ष छोटु थापालाई नेपाली टोपी लगाएर नेपाल र नेपालीको चिनो उपहार प्रदान गर्दै नेपाली राजदुतबासका श्रमसहचारी बिनोद खनाललाई उपहार स्वरुप भिसिडी प्रदान गरेका थिए । पूर्व मेची पश्चिम काली नयां नेपालको हामी नेपाली आयो है आयो बीर गोर्खाली………… बोलको गीतबाट आफ्नो प्रस्तुती शुरु गरेका रामचन्द्र काफ्लेको श्वरसंगै दर्शकहरु हो मा हो मिलाउदै थपडी बजाउदै उपि्रु उपि्रु नाचेका थिए ।

बीरगाथामा कोरिएका यो गीतका शब्दहरुले दर्शकहरुलाई आफ्नो मातृभूमि प्रति उत्तरदायित्व गराएको थियो । कतै सालैजो को भाका त कतै लोकपपको भाकाले सबै दर्शकहरुको मन आफूमा केन्द्रित गर्न सफल भएका थिए गायक रामचन्द्र काफ्ले । साँगीतिक कार्यक्रमको दोस्रो प्रस्तुतीका रुपमा दर्शकहरुको माग अाजु पन्तलाई भएपनि कार्यक्रम संचालक गायक बिक्रम शाहीले गायिका राधिका हमाललाई बोलाएका थिए । गायिका राधिका हमालले ढलक ढलक ढल्क्यो जवानी…… बोलको गीतले सबै दर्शकहरुको मन ढल्की ढल्की ननाची सुखै पाएन । कोही कोही विग्रे पैसाले म त विग्रे बैसले…………… बोलको गीतमा राधिका हमालले दर्शकहरुलाई जति तताइन त्यो भन्दा दोब्बर तताइन क्याम्पस पढ्न आउने सरले उता पढाउने हाम्ले आँखा झिम्क्याउने चित्त बुझाउने …………बोलको गीतबाट । छमछमीमा दोस्रो स्थान ओगट्न सफल नव नृत्याङ्गगा पूर्णिमा श्रेष्ठले यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर माइतीघर भन्ने गीतमा आफ्नो नृत्य प्रदर्शन गरेर दर्शकहरुलाई मन्त्रमुग्ध बनाएकी थिइन ।

कार्यक्रमको केन्द्रविन्दु मानिएकी चर्चित गायिका अाजु पन्तको माचमा आगमन सँगै सम्पूर्ण दर्शकहरुले तालीले स्वागत गरेका थिए । सुरिलो श्वरकी धनि गायिका अाजु पन्तको श्वरमा नलट्ठिने त को नै होला र जिन्दगी यो फूलै फूलको थुङ्गो हुदैन गीतबाट आफ्नो प्रस्तुती शुरु गरेकी अाजुले नविसे्र तिमीलाई नपाए तिमीलाई हुदै बसन्तनै बस्न खोज्छ यहां लोलाएर यो हो मेरो प्राण भन्दा प्यारो माइती घर गीतमा गाएर आफ्नो प्रस्तुतीको अन्त्य गरेकी थिइन । अन्तिम गीतमा धेरै दर्शकहरु नाचे पनि दर्शकहरुले अाजु पन्तबाट जति मनोराजन आउने आशा गरेका थिए त्यो पूरा हुन सकेन साथै पत्रकारहरुसंग अनौपचारिक कुराकानीमा कलाकारहरुको टोलीले खानाको ब्यबस्था राम्रो नभएको साउण्ड सिस्टम राम्रो नभएको स्वयमसेवकहरुको कमजोरी भएको आदी सुधारगर्नु पर्ने औल्याईएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI