Responsive Ad Slot

latest

माओवादी अध्यक्ष दाहाल सहितको टोली अमेरीका जादै ।

Saturday, November 5

/ by Admin BHOLA THAPA

बिकास पाण्डे,
काठमान्डौ कार्तिक १९-  लुम्विनीको विकासवारे छलफल गर्न माओवादी अध्यक्ष प्रचण्ड सहितको टोली आज अमेरीका जाने भएको छ । सरकारले गठन गरेको बृहत्तर लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिको तर्फबाट सहयोग जुटाउन उहाँ न्यूयोर्क जान लाग्नु भएको हो ।

 प्रचण्डसँग समिति सदस्य तथा कांग्रेस नेता मिनेन्द्र रिजाल, एमाले नेता मंगलसिद्धी मानन्धर, वनमन्त्री मोहम्मद वकिल मसुलमान, समिति सदस्य मनोज श्रेष्ठ, लुम्बिीनी विकास कोषका पेम्बा लामा पनि अमेरीका जाने कार्यक्रम रहेको छ । दाहालले मंसिर २२ गते संयुक्त राष्ट्र संघका महासचिब बान कि मुनाई भेट गर्ने कार्यक्रम तय गरीएको छ । महासचिव मुन सँगको भेटमा प्रचण्डले लुम्विनीको विकासमा सहयोग गर्न मुनलाई आग्रह गर्ने वताईएको छ । 

अध्यक्ष प्रचण्ड सहितको टोली इत्तिहाद एयरलाईन्सको विमानमार्फत अपरान्ह चार बजे अमेरीका प्रस्थान गर्ने कार्यक्रम रहेको दाहाललका स्वकीय सचिव समिर दाहालले वताउनुभयो । सरकारले केहि समय अगाडी लुम्बिनीको विकासको लागी अन्तराष्ट्रिय सहयोग जुटाउने जिम्मेवारी सहित माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा बृहत्तर लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन गरेको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI