बुटवल , कार्तिक १७,
पाँच बुदे बुटवल घोषणा पत्र जारी गर्दै बाल अधिकार अधिकृतहरुको पश्चिमाञ्चल विकास क्षेत्रस्तरीय सम्मेलन बुटवलमा सम्पन्न भएको छ ।
पाँच बुदे बुटवल घोषणा पत्र जारी गर्दै बाल अधिकार अधिकृतहरुको पश्चिमाञ्चल विकास क्षेत्रस्तरीय सम्मेलन बुटवलमा सम्पन्न भएको छ ।
सम्मेलनले बालबालिकासँग सम्बन्धित कानुनमा व्यवस्था गरिएअनुसारका सम्पूर्ण प्रावधानहरुलाई अविलम्ब कार्यान्वयन गर्न गराउन र बाल अधिकार अधिकृतहरुलाई प्रकृया पु¥याएर स्थायी गर्न ध्यानाकर्षण गराएको छन् । यस्तै जिल्ला बाल कल्याण समितिलाई स्वायत्त निकायको रुपमा स्थापित गर्न र बेवारिसे अवस्थामा भेटिएका तथा जोखिममा परेका बालबालिकाको तत्काल उद्दार गर्नका लागि प्रत्येक जिल्लामा आपतकालीन बालउद्दार केन्द्र (Transit Home) स्थापना गर्नु पर्ने कुरा पनि घोषणा पत्रमा उल्लेख छ ।
बालअधिकार समन्वय समिति केन्द्रीय अध्यक्ष बद्रि प्रसाद वाग्लेको अध्यक्षतामा भएको सम्मेलनले बाल अधिकार अधिकृत हरि बहादुर सारु पाल्पाको संयोजकत्मा सात सदस्यीय बालअधिकार अधिकृतहरुको पश्चिमाञ्चल विकास क्षेत्रस्तरीय समन्वय समितिको समेत गठन गरेको छ । समितिको सचिवमा मिठु आचार्य म्याग्दी र सदस्यहरुमा पार्वती सापकोटा पर्वत, बिश्वबन्धु लालकर्ण कपिलबस्तु, सरीता कार्की तनहुँ, नविनचन्द्र घिमिरे लम्जुङ, र रवि गौतम नवलपरासि रहनु भएको छ । सम्मेलनले ७ जनालाई केन्द्रिय पार्षदमा मनोनयन समेत गरेको छ ।