Responsive Ad Slot

latest

छठ पर्वमा आज सुर्यलाई अर्घ दिइदैँ

Tuesday, November 1

/ by Admin BHOLA THAPA
विरगंज १५ कात्तिक- आज छठ पर्व नेपालको मध्य तथा पूर्वी तराई क्षेत्रमा विशेष नियम र निष्ठासाथ मनाइँदै छ । कार्तिक शुक्ल चतुर्थीका दिन व्रतको तयारीका लागि स्नान गरी आज सूर्यलाई विशेष विधिपूर्वक अर्घ दिएर यो पर्व मनाइन्छ ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने कामनाकासाथ श्रद्धापूर्वक छठ पर्व मनाइने गरिन्छ । यसको नाम षष्ठी छष्ठीबाट छठ पर्व हुन पुगेको अनुमान गरिएको छ । आज व्रत बस्नेले हिजो पञ्चमीको दिन दिनभरि निराहार बसी बेलुकी आफैले पकाएको सखरको खीर अथवा खरना खाने गर्दछन् ।

छठका दिन व्रत बस्ने व्यक्तिले आफैले प्रसादका रुपमा ठकुवा, भुसवा, लगायतका मिष्ठान्नहरु तयार पारी साँझपख नदी वा जलाशयमा नुहाएर अस्ताउँदो सूर्यलाई पूजा गरी पहिलो अघ्र्य दिनुको साथै जलाशय वा नदीको किनारमा भजन कीर्तन गरी जाग्राम बस्ने पनि चलन छ । भोलि फेरि उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।

कार्तिकी छठको महत्व ठूलो भएकोले धेरैजसो श्रद्धालुहरुले कार्तिकी छठ मनाउने प्रचलन रहँदै आएको छ । यता, चितवनको नारायणी नदि किनारामा पनि छठपर्बको रौनक निकै बढेको छ । श्रद्धालु भक्तजनको घुइचो नारायणी नदि किनारमा लागेको छ । यसैबिच, नदिमा पुजा गर्न सजिलो होस भनेर, सिमा सुरक्षा बल भरतपुरका शशस्त्र प्रहरीका जबानहरुले करीब २ सय बोरामा बालुवा भरेर, ब्यबस्थित श्रर्दशन स्थल बनाएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI