तनहुँ असोज ३० मुस्लिम धर्मावलम्वीहरुको धार्मिक सम्मेलन (जल्सा) गत असोज २८-२९का दिन भव्यताका साथ सम्पन्न भएको छ .तनहुँको दुलेगौंडा गल्छिनामा भएको उक्त सम्मेलनमा भाग लिन पहाडी जिल्लाका लगभग चालिस मुस्लिम समाजको उल्लेख्य सहभागिता रहेको उक्त सम्मेलनमा धनुषा जनकपुर मौलाना हजरत जैश मुहम्मद सिद्दिकी (शेरे नेपाल)को प्रमुख आतिथ्य रहेको थियो । भारतबाट समेत मौलानाहरु निम्त्याइएको यस कार्यक्रमको मुख्य लक्ष्य स्थानीय समाजमा अवस्थित मस्जिद पुनर्निमाण गर्न सबै समाजको प्रत्यक्ष सहभागिता रहोस भन्ने नै हो समाजका इमाम हाजी सफी उल्लाहले हामीलाई बताए . कार्यक्रममा प्रवचन दिने अधिकांश मौलाना(धर्म गुरु) वक्ताहरुले यस समाजले चालेको कदमलाई सबैले सघाउनु पर्नेमा जोड दिंदै गल्छिना स्थित मस्जिद जन घनत्वका हिसाबले सानो हुन पुगेकाले यसको आकार बढाउन पुनर्निमाणको खाँचोलाई प्रष्ट्याएका थिए . रात भर चलेको जल्सामा सहभागी पाहुनाहरुले आफ्नो तर्फबाट सकेको सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए भने अधिकांश पाहुनाहरुले आफ्नो अनुदान रकम कार्यक्रम स्थलबाटै उद्घोष गरेका थिए. आयोजक समितिका संयोजक मौलाना फिरोज आलमले दिएको जानकारी अनुसार लगभग चार लाख रुपैयाँ कार्यक्रमबाटै उठेको र सबैले गरेका प्रतिवद्दता अनुसार गल्छिना स्थित ‘हनफिया गौसिया जामे मस्जिद’ पूनर्निर्माणको मार्ग सहज भएको तथा मस्जिद पुनर्निमाणका लागि अनुमानित खर्च २५ देखि ३० लाख लाग्ने उनले जानकारी दिए . समितिका कोषाध्यक्ष मुहम्मद हुसैनले सम्पूर्ण मुस्लिम जनमा अपिल जारी गर्नपनि यो जालसा आयोजना गरिएकाले अब हामीलाई आर्थिक अनुदान सहजै प्राप्त हुनेमा आफु आशावादी रहेको उल्लेख गरे.
नेपाल मुस्लिम समाज,सेवा समितिद्वारा आयोजित उक्त कार्यक्रममा पहाडी जिल्लाका अधिकांश मौलानाहरूले प्रवचन दिएका थिए भने विशेस प्रवचन भारतबाट आएका मौलाना व कारी सखावत तथा मौलाना मुहम्मद अब्दुल्लाह सिद्दिकीबाट प्रस्तूत गरिएको थियो. कार्यक्रमका प्रमुख अतिथि शेरे नेपालले आयोजना स्थलको नाम गल्छिना भएपनि अबदेखि यस्सको नाम ‘गूलछिना’(फूल टिप्ने ठाउँ) हुनु पर्ने भन्दै आफ्नो प्रवचन मार्फत धन्यवाद प्रकट गरेका थिए .