तनहुँ खबर संवाददाता
तनहूँ कार्तिक ८-महर्षी बेदव्यासले महाभारतको रचना गरेको तनहुँको व्यास गुफामा १०८ फिट अग्लो बेदव्यासको मुक्ति निर्माण गरिने भएको छ । व्यास क्षेत्र शिव पाञ्चायान मन्दिर संरक्षण समिति तनहूँको सक्रियतमा व्यास गुफामा महर्षि वेदव्यासको पूर्णकदको शालिक स्थापना गर्न लागिएको हो ।
व्यास गुफा र पवित्रा मादीसेती नदीको दोभान क्षेत्रलाई धार्मिक तिर्थस्थलको रुपमा विकास गर्ने गुरु आयोजना अन्र्तगत व्यास गुफा परिसरमा वेदव्यासको पूर्णकदको मुर्ती निर्माण गर्न लागिएको हो । यस अघि व्यास गुफा परिसरमा व्यास अन्न क्षेत्र र सुकदेव तिर्थबाट ल्याइएको दिप राखिएको छ ।
हिन्दु धर्ममा श्रीमद् भागवत महापुराणको कुशल पण्डित मानिएका सुकतिर्थ महर्षी बेदव्यासका छोरा हुन् । दैनिक हजारौ पर्यटकले भारतमा रहेको सुकतिर्थ धामको दर्शन गर्ने गरेपनि प्रचारप्रसारको अभावमा वेदव्यासको जन्मभुमी व्यासक्षेत्र (दमौली) ओझेलमा परेको काशीनाथ न्यौपानेले बताए ।