फर्किएर नहेर कहि वात लाग्ला
जवानीको झोकमा कहि मात लाग्ला
चारै युग लागेछ तिम्रो स्रिस्टीमा
सौदर्यको प्रतिमामा कहि मात लाग्ला
भमराको कुदिष्टीमा कहि मात लाग्ला
मृग नयनहरुमा नजर हट्नै नमान्ने
मधहोस अधरमा कहि मात लाग्ला
केश राशी खुल्दा वहने सुगन्धमा
गुमाई होसमा कहि मात लाग्ला
रुपको पूजारी हु मै पनि
ब्रमर्चाय पालनमा कहि मात लाग्ला
फर्किएर नहेर कहि वात लाग्ला
जवानीको झोकमा कहि मात लाग्ला
********************
बुद्धी लाल श्रेष्ठ
श्यम्घा ६ तनहुँ
हाल अल्खोर कतार