Responsive Ad Slot

latest

महायज्ञमा साढे ३ करोड संकलन

Tuesday, October 25

/ by Admin BHOLA THAPA

तनहुँ खबर संवाददाता
तनहुँ, कार्तिक ८-चिजकुमार–विष्णुकुमारी क्याम्पस र पवित्रा उच्च माध्यमिक विद्यालयको भौतिक एव शैक्षिक पुर्वाधार निर्माणका लागि तनहुँको डुम्रेमा आयोजना गरिएको श्रीमद् भागवत महायज्ञमा साढे ३ करोड रकम संकलन भएको छ । महायज्ञमा नगद २ करोड र डेढ करोड बराबरको जग्गा दान संकलन भएको महायज्ञ प्रचारप्रसार समितिका संयोजक सुबोध अधिकारीले बताए । 

महायज्ञमा मंगलबार बन्दिपुर–६, बिमलनगरका लालकुमार श्रेष्ठले ३० लाख एक हजार रुपैया दान गरेका थिए । बन्दिपुरकै किसान परिवारमा जन्मिएका श्रेष्ठ जिल्लाको सामाजिक र पर्यटकीय क्षेत्रमा समेत सक्रिय छन् ।
बाचन प्रविण दीनबन्धु पोख्रेलको बाचकत्वमा ८ दिनसम्म चलेको महायज्ञमा महायज्ञका संयोजक मानकाजी श्रेष्ठले ७ लाख नगद र जग्गा गरी१२ लाख, केशर बहादुर थापाले १० लाख ५० हजार बराबरको जग्गा, माओवादी सभाषद भिमप्रसाद गौतमले ७ लाख ५० हजार बराबरको जग्गा, पदमबहादुर अधिकारीले नगद र जग्गा गरी ७ लाख ६५ हजार दान गरेका थिए ।
महायज्ञमा २ करोड नगद र डेढ करोड बराबरको जग्गा संकलन भएको पवित्रा उच्च माध्यमिक विद्यालयका प्राचार्य रधुनाथ पण्डितले बताए ।


Don't Miss
© all rights reserved
made with by netKUTI