Responsive Ad Slot

latest

तिहार आयो भैलो खेल्न जाउँ है

Monday, October 24

/ by Admin BHOLA THAPA

तनहुँ खबर डट कम
कात्तिक  ७-  हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार आज देखि सुरु हुदै छ । हिन्दु  धर्माबलम्बीले कात्तिककृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया सम्म तिहार मनाउने  प्रचलन छ । आज साँझदेखि त्रयोदशी अर्थात् यमपञ्चक सुरु हुने भएकाले यमराजको आह्वान, पूजा तथा यमदीप्रदान गरिन्छ । यमपञ्चकको दोस्रो दिन भोली त्रयोदशी थोरै बाँकी भएकाले कागपूजा भोली बिहान पौने नौ बजे भित्र गरिसक्नु पर्ने छ ।

त्यसैगरी भोलीनै चतुदर्शी  लाग्ने भएकाले कुकुर तिहार तथा नरक चतुर्दशी स्नान, दीपदान पनि गरिन्छ । आयुर्वेदका प्रणेता धन्वन्तरीको, जयन्ती पनि भोली हो ।  पर्सी ९ गते साँझ लक्ष्मीको पूजा तथा दीपावली परेको छ । 
 यसैगरी कात्तिक १० गते बिहान गोवद्र्धन पूजा, गाईपूजा तथा गोरु तिहार र  बलिराजाको पूजा गरिन्छ भने साँझ नेवार समुदायमा म्हँ पुजा गर्छन ।  अन्तिम दिन अर्थात कात्तिक ११ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको
शुभसाइत रहेको छ । पुराणका अनुसार यस पर्वमा यमराज आफ्ना दैनिक कार्य स्थगन गरी बहिनी  यमुना कहाँ पाँचदिनसम्म पाहुना बनी बस्ने र बहिनीद्वारा पुजिएका यमराजले वस्त्र,  आभूषण दिएर भातृ स्नेहलाई प्रगाढ बनाउने हुनाले यस पर्वलाई यमपञ्चक पनि  भन्ने गरिन्छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI