कुवेतमा तनहुँ सम्पर्क समाज कुवेत गठन
अर्जुन उदासी कुबेतसिटी- २१ अक्टुबर-लगभग ५५-६० हजार नेपाली कार्यरत कुबेतमा बिगत केही बर्ष यता सामाजिक सँस्थाहरु खुल्ने क्रम जारी छ । साँस्कृतिक, सामाजिक, खेलकुद लगायत बिभिन्न उदेश्यका साथ खुलेका संघ सस्थाहरुको सङ्ख्या करिव ३० भन्दा बढीनै गठन भईसकेका र सबैले आ-आफ्नो क्षेत्र र उदेश्य अनुसार कार्य सम्पादन पनि गरिरहेको कुरा कुबेतमा कार्यरत नेपाली समुदायलाई अवगत नै भईरहेको छ । अरु संघ सस्था भन्दा भिन्दै सोंच र दिर्घकालिन योजनाका आकङ्क्षा लिएर अक्टुबर २१ का दिन कुबेतको मुर्गाब सिटी स्थित नेपाली रेस्टुरेन्ट सोल्टिमा तनहुँ संपर्क समाज कुबेतको गठन भएको छ ।

व्यास नगरपालिका १० निवासी यादब श्रेस्ठले सर्ब प्रथम जिल्लाबासी एक हुँदै आपसी सद्भाव र विश्वाशका साथ अगाडि बढ्नु पर्नेमा जोड दिदै एक्लैले गरेको लाखौं सहयोग भन्दा सामुहिक रुपमा गरेको हज्जारौ सहयोग नै गाँउको लागि उदाहर्णिय हुने तर्क राख्नु भएको थियो,यसरीनै घासिकुवा गा बि स १ निवासी श्याम थापाले आफु जन्मेको ठाँउलाई केही गर्नु र दिनु पर्छ भन्दै उहाँले २१ सौ सताब्दिमा आफ्नो जिल्लाका निम्ती टेलिफोन,टेलिभिजन,कम्प्युटर जस्ता अतिनै आवश्यक पर्ने चिजहरु एकादेशको कथामै रहेको भन्दै सबैलाई आफुहरु पढेका २५-३० बर्ष पुराना स्कुलहरु जस्ताको तस्तै रहेको र आज पनि ति स्कुलहरुमा पढाईने शिक्षा आफुहरुले पढेको जस्तै एकादेशको कथामै सिमित रहेको स्मरण गराउदै यस्ता ठाँउहरुको निम्ती केही रहत दिन सक्ने सङ्कल्पका साथ अगी बढ्नु पर्छ भन्ने तर्क राख्नु भएको थियो ।
यसैगरी पोखरिभन्ज्याङ ७ निवासी किरण पन्थले बालबालिका जिल्लाका कर्णधार हुन यदी गरीब छ्न तर मेहनिती र जेहेन्दार छन भने त्यस्तालाई सहयोग र अवसरहरुको बातावरण सृजना गराउनु पर्छ भन्ने मा जोड दिनुभयो । यसैगरी केशवटार ९ निवासी रेशम अधिकारिले सस्था बिसुद्द राजनीति रहित हुनु पर्नेमा जोड दिदै प्रत्यक्ष समाजसेवामा लागि पर्नु पर्ने र संस्थाका प्रत्येक सदस्यहरुले एक आपसमा विश्वाशको बातावरण बन्नु र बनाउनु पर्छ भन्ने तर्क राख्नु भयो । यसरी बिभिन्न तर्कहरु बुदागत रुपमा छलफल गरदा निस्केका निचोडहरु नै निर्णय बन्दै तनुह संपर्क समाज कुबेत ११ सदसिय कार्य समितिका साथ गठन भयो ।
यस सस्थाका सस्थापक कार्य समिती सदस्यहरु निम्न बमोजिम रहेकाछन । अध्यक्ष -यादब श्रेष्ठ -व्यास नगरपालिका १०, उपाध्यक्ष -श्याम थापा- घासिकुवा १ ,माहासचिव -राजन रिमाल्- दुलेगौंडा ५ ,सचिव- रेशम अधिकारी - केशवटार ९ ,कोषाध्याक्ष - आनन्द आचार्य- सतिस्वारा ९ सह -कोषाध्याक्ष -दीपेन्द्र खड्का व्यास नगरपालिका ४ सदस्यहरु किरण पन्थ –पोखरिभन्ज्याङ् ७ राजेन्द्र बि क (बिरही ) भानु नगरपालिका ३ हर्कमान श्रेष्ठ -भिमाद गा बि स -१ जानकी बि क –खैरेनिटार ८ बम बहादुर गुरुङ्ग -छाङ्ग गा बि स- ७ देहाय बमोजिमका कार्य समिती सदस्यहरुले संस्थाको प्रस्तावना पारीत गर्दै संस्थाको पहिलो बैठकले राजन रिमालको संयोजकत्वमा श्याम थापा ,रेशम अधिकारी सहित रहेको तीन सदस्यिय बिधान मसौदा समितिको गठन गरी उहाँहरुलाई बिधान बनाउने कार्य सुम्पदै आगामी महिनाको दोश्रो शुक्रबार संस्थाको दोश्रो बैठक बस्ने गरी औपचारिक रुपमा सबैलाई धन्यवाद र कार्यकालको पद र जिम्वेदारी इमान्दारिका साथ निभाउन आग्रह गर्दै अध्यक्ष श्रेष्ठले बैठक समाप्तिको घोषणा गर्नुभयो ।
अन्तमा नेपालकुबेतडटकम तथा मरुभुमिको कोसेली परिवार यस संस्थाको उतरोउतर प्रगतिको शुभकामना साथै कार्यसमिती सदस्यहरुलाई कार्यकाल सफताको शुभकामना ब्यक्त गर्दछ ।
अन्तमा नेपालकुबेतडटकम तथा मरुभुमिको कोसेली परिवार यस संस्थाको उतरोउतर प्रगतिको शुभकामना साथै कार्यसमिती सदस्यहरुलाई कार्यकाल सफताको शुभकामना ब्यक्त गर्दछ ।