तनहुँ खबर संवाददाता
तनहुँ, कार्तिक १४
डेढ वर्ष अघि काठमाण्डौको कोटेश्वरबाट हराएको मोटर साइकल सोमबार प्रहरीले सम्बन्धित मोटर साइकल धनीलाई जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले एक महिना अघि फेला पारेको मोटरसाइकल सोमबार एन बि. इन्स्योरेन्सका प्रतिनिधीलाई जिम्मा लगाएको हो ।
बाराका जगदेव यादवको बा.२६ प ३००१ नम्बरको मोटरसाइकल २०६७ असार ३२ गते कोटेश्वरबाट हराएको हो । यादवले इन्स्योरेन्सबाट हराए वापत क्षर्तीपुर्ती लिइसकेकाले फेला परेको मोटरसाइकल इन्स्योरेन्स कम्पनीलाई जिम्मा लगाइएको तनहुँका प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेलले बताए ।
ना ८ प. ४६६६ नम्बर प्लेट हालेर चलाउँदै गरेको मोटर साइकल तनहुँ प्रहरीले एक महिना अघि बेवारिसे अवस्थामा सदरमुकाम नजिकैको तालघारीमा फेला पारेको प्रहरी नायव निरिक्षक भेषराज रेग्मीले बताए ।
फोटो समावेश छ ।
हराएको डेढ वर्ष पछि फेला परेको मोटरसाइकल एन बि. इन्स्योरेन्स कम्पनीका प्रतिनिधीलाई हस्तान्तरण गर्दै प्रहरी प्रमुख गौतमराज कट्टेल । तस्बिर ः समुन्द्र पौडेल