तनहुँ, असोज २९ ।
असोज २४ गते राति भएको घटनामा आफूहरू पीडित भएको भन्दै मृतकका परिवारजनले आठ जना गाउँलेविरुद्ध किटानी जाहेरी दिएका छन् । सतिस्वाँरा गाविसको लम्कीमा सोही दिन राति क्यामिन निवासी विजय अधिकारीको भाग्ने क्रममा भीरबाट लडेर मृत्यु भएको खबर आएपछि उनको परिवारजनले लडेर नभई हत्या गरी भीरबाट फालिएको दावी सहित आठ गाउँलेविरुद्ध जाहेरी दिएका हुन् ।सो दिन साँझ सांस्कृतिक कार्यक्रम हेर्न गएका विजय र उनका दुई साथी सुवास भण्डारी र रञ्जन गुरुङ तोडफोडका घटनामा संलग्न भएको भन्दै गाउँले र पोखरीछापका प्रहरीले भाग्दै गरेका उनीहरूलाई पिछा गरेका थिए । प्रहरीले भने भाग्ने क्रममा विजयको भीरबाट लडेर मृत्यु बताएको छ ।