राम बहादुर धामी,
असोज, २४, तनहुँ चिजकुमारी–बिष्णुकुमारी क्याम्पस तथा पबित्रा उच्च मावि बन्दिपुर–१ तनहुँको सहयोगार्थ संचालन हुन गईरहेको श्रीमदभागवत सप्ताह महायज्ञको प्रचार प्रसारका लागि आज तनहुँको साजबोटेबाट लमजुङ्गको सुन्दरबजार सम्म माईकिङ्ग गरेको छ । क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि प्रचार–प्रसारको लागि प्रचार प्रसार संयोजक सुबोध प्रोख्रेल, क्याम्पस प्रमुख नवराज सिग्देल, महायज्ञ मुल समारोह समितीका उपाध्यक्ष श्यामलाल श्रेष्ठ, शिक्षिका मिना गौतमको उपस्थितीमा माईकिङ्ग गरेको हो । भोलि पनि क्याम्पसले दमौली हुदै दुलेगौडा, भिमाद सम्म महायज्ञ प्रचार प्रसारका लागि माईकिङ्ग गर्ने क्याम्पस प्रमुख सिग्देले जानकारी दिनुभएको छ । कार्तिक १ गते देखि ८ गते संचालन हुने महायज्ञबाट २० लाख खर्च लाग्ने र ५ करोड रुपैंया उठाउने लक्ष्य राखेको क्याम्पसले जनाएको छ । महायज्ञ भानु–५, साजबोटेमा हुने बताईएको छ ।