सुवास कंडेल, कात्तिक १ बागलुङ नेपालका ६ वटा नगरपालिकालाई नमूना बनाउने सरकारी अभियान अनुसार बागलुङ नगरपालिकाले चक्रपथ (रिङरोड) निर्माणको कामलाई तिव्रता दिइएको छ । पाइलट परियोजना अन्र्तगत विश्व बैंकको २३ करोड रुपैया सहयोग आउने पक्का भएपछि १८ किलोमीटर सडकको ट्रयाक खोल्ने काम सकिएपछि ग्राभेल गर्ने काम थालिएको हो । सहयोग रकमबाटै सडक तत्कालै कालो पत्रे समेत गरिने योजना रहेको बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत यदुनाथ पौडेलले बताउनुभयो । विश्व बैकले गत वर्षदेखि नेपाल सरकार सँग सम्झौता गरेर नेपालका ६ वटा नगरपालिकामा पाइलट परियोजना संचालन गरी रिङरोड, ढल निकास तथा सरसफाइको कार्यक्रम संचालन गरेको छ । पूर्वाञ्चलका मेचीनगर, धनकुटा र इटहरी तथा पश्चिमाञ्चलमा पाल्पा, बागलुङ र लेखनाथमा बैंकले आर्थिक सहयोग गरेको हो ।