चितवन कार्तिक ३ -
नेकपा एमालेका प्रभावसाली नेता केपी शर्मा ओलीले माओवादीले लडाकु व्यवस्थापन गर्न तयार भए शान्तिप्रकृया सजिलै टुङिगने बताएका छन् । लडाकु व्यवस्थापन शान्तिप्रकृयाको मुख्य पाटो भएको भन्दै नेता ओलीलले लडाकु समायोजनका लागी माओवादी तयार हुनु पर्ने बताए । प्रेस चौतरी चितवनले आज विहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ओलीले सो कुरा बताएका हुन् । उनले आजबाट भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतले सुझाव दिएमा माओवादी केही सुधार हुने विश्वास व्यक्त गरे । नेता ओलीलले संविधान सभाको थपिएको मंसीर १४ सम्मको दिनमा पनि कुनै पनि हालतमा संविधान निर्माण प्रकृया नटुङिगने बताए ।