अमेरिकी कङ्ग्रेसका सदस्य जिम सेन्सेन्ब्रेनर दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आइपुगेका छन् । भ्रमणका बेला उनले सरकारका उच्च पदाधिकारीहरू, सांसदहरू, र तिब्बती नागरिक समाजका नेताहरूसाग भेटघाट गर्नेछन् । यस्तै नेपाल बसाइका क्रममा सेन्सेन्ब्रनरले अमेरिकी-नेपाल सम्बन्ध र नेपालमा तिब्बती शरणार्थीहरूको संरक्षण लगायत विभिन्न मुद्दाहरूमा छलफल गर्ने जनाइएको छ । कङ्ग्रेस सदस्य जिम सेन्सेन्ब्रेनरले विस्कन्सिन राज्य संसदमा दश वर्ष लामो कार्यकाल पूरा गरेपछि सन् १९७८ देखि विस्कन्सिनको पाँचौं कङ्ग्रेसनल डिस्टि्रक्टको प्रतिनिधित्व गर्दै आएका छन् । कङ्ग्रेस सदस्य हाल विज्ञान तथा प्रविधि समितिका उपसभापति र न्यायिक समिति अन्तर्गतको अपराध, आतङ्कवाद तथा आन्तरिक सुरक्षा उपसमितिका सभापतिका रुपमा कार्यरत छन् । कङ्ग्रेस सदस्य सेन्सेन्ब्रेनरले युनिभर्सिटी अफ् विस्कन्सिन-म्याडिसनबाट सन् १९६८ मा कानून विषयमा डिग्री हासिल गरेका हुन् । कङ्ग्रेस सदस्य सेन्सेन्ब्रेनरको नेपालमा यो पहिलो औपचारिक भ्रमण हो । साभारः इकान्तिपुर डट कम